काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि गम्भीर पहल लिनुभएको छ ।
सरकारको सम्पूर्ण ध्यान कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित गर्न मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहितको बैठकमा अस्पताल सञ्चालकहरु, अक्सिजन उद्योगका सन्चालक तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी रहेका छन् ।
छलफलबाट प्राप्त सुझावका आधारमा सरकारले अझ प्रभावकारी कार्ययोजना अघि बढाउनेछ बताइएको छ ।













