२३ असार २०८३, मंगलवार
,
Latest
कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं रेजर्सलले जित्यो नेपाल सुपर लिग फुटबलको उपाधि



अ+ अ-

काठमाडौं । काठमाडौं रेजर्स फुटबल क्लब पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ । 
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी फुटबल क्लबलाई १–० ले स्तब्ध बनाउँदै उपाधि उचाल्न सफल भएको हो । लिग चरण र पहिलो क्वालिफायरमा पराजय भोगेको काठमाडौंले हारको बदला लिँदै उपाधि उचाल्न सफल भएको हो ।

निकै रोमाञ्चक बनेको खेलमा शनिबार धनगढी एफसीलाई १–० ले पराजित गर्न विदेशी खेलाडी मेसौके ओलोमोउकोले गरेको गोल  निर्णायक रह्यो । मेसौकेले खेलको २२ औं मिनेटमा गरेका थिए । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईको खुट्टाबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको पासमा मेसौकेले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यससँगै मेसौकेले सम्पन्न लिगमा आफ्नो आठौं गोल पूरा गरे । मेसौके प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बने ।

अग्रता बुने सँगै गोलका लागि अधिक अवसर खोजेका दुबै टोलीले गोलको थुप्रै अवसर पाएका थिए । तर, गोल गर्न दुबै टोली चुकेका थिए । २९ औं मिनेटमा धनगढीका दिनेश राजवंशीले मेसौकेलाई फाउल गरेपछि काठमाडौंले करिब २५ यार्डबाट फ्रिकिक पाएको थियो । उक्त फ्रिकिकमा स्टेफेन बिनोङको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ३९ औं मिनेटमा धनगढीका बुद्ध बल तामाङको पासमा रुपेश केसीको प्रहारले दिशा लिन सकेन । ५३ औं मिनेटमा धनगढीका विशाल राईले गोलको अवसर खेर फाल्दा धनगढीको बराबरी अवसर गुमेको थियो । अनमार्क रहेका विशालको हेडर बलले पोस्टको दिशा लिन सकेको थिएन । खेलको ५५ औं मिनेटमा अशोक खवासको लामो प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले बल बाहिर फाल्दै गोल हुनबाट जोगाएका थिए । ६५ औं मिनेटमा स्टेफेन बिनोङको प्रहार धनगढीका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।

७४ औं मिनेटमा मेसोउकेले बक्स बाहिर पाएको फ्रि–किक प्रहार क्रस बारमा लाग्दै फर्किएको थियो । ८३ औं मिनेटमा करिब ३५ यार्ड बाहिरबाट धनगढीक पुजन उपरकोटीको प्रहार बारको केही माथिबाट बाहिरिँदा चुकचुकाएको थियो । खेलमा काठमाडौंका फ्लोरेन्ट कोरेया प्लेयर अफ दि म्याच चुनिएर नगद २५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

रोमाञ्चक जित निकाल्दै उपाधि उचालेको काठमाडौंले नगद ३५ लाख रुपैयाँ प्राप्त ग¥यो । यस्तै उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ ।
समूह चरणमा काठमाडौं धनगढीसँग ३–० र पहिलो क्वालिफायरमा अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित भएको थियो । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको  लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको थियो ।  प्रतियोगितामा ललितपुर सिटी एफसीका कप्तान अन्जन विष्ट उत्कृष्ट फरवार्ड चुनिए । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर धनगढीका दिनेश राजवंशी र उत्कृष्ट गोलकिपर धनगढीका किरण चेम्जोङ चुनिए । उत्कृष्ट प्रशिक्षक काठमाडौंका बाल गोपाल महर्जन घोषित भए । व्यक्तिगत विधामा उत्कृष्ट बनेका खेलाडी र प्रशिक्षकले जनही १÷१ लाख प्राप्त गरे । यस्तै प्रतियोगिताको इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट काठमाडौंका विश्वास श्रेष्ठ चुनिए । उनले ५० हजार प्राप्त गरे । फेयर प्ले टिमको अवार्ड बुटवल लुम्बिनी एफसीले हात पा¥यो ।