२३ असार २०८३, मंगलवार
,
Latest
मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानको मस्कटबाट अक्सिजन सिलिन्डर ल्याईयो ,बेइजिङ बाट पनि ल्याईदै



अ+ अ-

काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याईपुर्योएको छ ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर निगमको वाइड बडी ‘ए’ ३३० जहाज सांझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबतरण गरेको छ ।

सनिबार नै नेपाल वायुसेवा निगमको बिमानले चीनको राजधानी बेइजिङ बाट अक्सिजन सिलिन्डर ल्याउँदैछ ।बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज आज राति ११ः०० बजे बेइजिङ्ग उडान भर्न लागेको हो ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललेका अनुसार  आजै राति चीनको बेइजिङ्गमा सङ्कलित अक्सिजन सिलिन्डर र कन्सर्नटेटर लगायत अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सिलिन्डरका अलावा चीनबाटै आठवटा अक्सिजन जेनेरेट पनि ल्याउने तयारी भइरहेको छ । 

 निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार वाइड बडी जहाज ‘ए’ ३३० उडान नं आरए ४२५१ जहाज खाली अक्सिजन सिलिन्डर लिन राति बेइजिङ उड्दैछ । मे १५, १६, १७ र १८ तारिखमा बेइजिङबाट दैनिक ५५० सिलिन्डर ल्याइनेछ । काठमाडौँ–बेइजिङ उडान ५ः४५ घण्टाको हुने प्रक्षेपण गरिएको छ । 

निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार चीन सरकारको दुई हजार अक्सिजन सिलिन्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसीको सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होंसी ग्रुपले २७ थान र करुणा फाउन्डेशनको सहयोगमा ११० थान गरी कूल अतिरिक्त ३१३ अक्सिजन सिलिन्डर नेपाल आउने जनाइएको छ । निगमको वाइड बडी जहाजले यसअअि वैशाख २८ गते चीनबाट अनुदानका ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयबमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री ल्याइएको हो ।