२३ असार २०८३, मंगलवार
,
Latest
मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेटमा कसरी जम्मा हुन्छ ग्यास ? बच्ने कसरी ?



अ+ अ-

काठमाडौं । धेरै मानिसको पेट ग्यास भरिएर ढुस्स भइरहेको हुन्छ । यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गर्छन् मानिसले ।

तर ग्यासका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने र पेट फुल्ने समस्या आइलाग्छ । ग्यासका बारेमा पत्ता लगाउँदा यसबाट छुटकारा पाउन सजिलो हुन्छ ।

भारतको जयपुरस्थित नेसनल इन्स्टिच्युट अफ आयुर्वेदमा चिकित्सक डा सीआर यादवले ग्यास्ट्रिक समस्याका पाँच कारण र बच्ने उपायका बारेमा बताएका छन् ।

पेटमा राम्रा र नराम्रा ब्याक्टेरियाहरूको सन्तुलन बिग्रँदा  ग्यास बन्छ । कहिलेकाहीँ कुनै रोगको साइडइफेक्टका रूपमा पनि यस्तो सन्तुलन बिग्रन्छ ।

लसुन, प्याज र दानादुनीले ब्याक्टेरियाको सन्तुलन बिगार्छन् । त्यसैले यी कुराहरू नखानुस् ।

उमेर बढ्दै जाँदा पाचन प्रणाली कमजोर हुँदै जान्छ । दूध र ९दहीबाहेक० दूधबाट बनेका कुराहरू राम्ररी पच्न पाउँदैनन् र ग्यास बन्छ ।

पैंतालीस वर्षमाथिका मानिसले दही मात्र खानुस्, अरू कुनै दुग्धपदार्थ नलिनुस् ।

कब्जियतको समस्या हुँदा शरीरका विषाक्त पदार्थ राम्ररी बाहिर निस्कन पाउँदैनन् । त्यसले गर्दा पनि ग्यास बन्छ ।

दिनभरिमा १० गिलास पानी पिउनुस् । फाइबर बढी भएको खानेकुरा खाने गर्नुस् ।

कुनै एन्टीबायोटिकहरूका कारण पेटमा राम्रो ब्याक्टेरिया बन्न पाउँदैनन् । यसले गर्दा पाचन खराब हुन्छ अनि ग्यास बन्छ ।

एन्टीबायोटिक लिएपछि पाचनमा समस्या आएमा चिकित्सकलाई भनेर ग्यास्ट्रोरेजिस्टेन्ट औषधि लेख्न भन्नुस् ।

कहिलेकाहीँ छिटोछिटो खाना खाँदा राम्ररी पच्न पाउँदैन र ग्यास बन्ने समस्या आइलाग्छ ।

खाना खाँदा आरामले चपाएर खानुस् अनि बिस्तारै पच्न दिनुस् । खाना खाँदा गफ नगर्नुस् ।

मैदाबाट बनेका कुरा, जंक फूड अनि बाहिरबाट तारेको खानेकुरा नखानुस् ।

सन्तुलित आहार लिनुस् अनि दिनको आधी घन्टा व्यायाम गर्नुस् ।