२३ असार २०८३, मंगलवार
,
Latest
मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी हुन्छ मानिसको अनुहार परिवर्तन



अ+ अ-

काठमाडौं । वैज्ञानिकहरूका अनुसार, प्रोसेस्ड फूड खाइरहेका कारण मानिसहरूको अनुहार खुम्चिँदै गएको छ । 

पुरातत्त्वविद्हरूको एक अन्तर्राष्ट्रिय टोलीले मानव अनुहारको विकासक्रम हेर्दा एक लाख वर्षमा अनुहार बिस्तारै पातलिँदै गएको देखियो । 

निएन्डरथल र बाँदरहरूको निधार चुच्चे हुन्थ्यो अनि अनुहार चौडा र दाँत ठूलो हुन्थे । मानव विकासक्रममा खाना पकाउन शुरू गर्दा हाम्रो अनुहार सानो हुँदै गयो । हामीहरूलाई शक्तिशाली दाँत र गिजाको आवश्यकता कम हुन थाल्यो । 

योर्क र हाल विश्वविद्यालयहरूले पुराना अफ्रिकी मानवको अनुहारदेखि लिएर आधुनिक अनुहारको परिवर्तन हेरे । 

योर्क विश्वविद्यालयका प्राध्यापक पल भन्छन्, ‘अहिलेको नरम खानेकुराका कारण मानव अनुहारको आकार घटिरहेको छ । मानव अनुहार बदलिन सक्ने पनि एउटा सीमा छ । तर सास फेर्नका लागि नाकको प्वाल ठूलो हुनुपर्छ ।’

आफ्ना आँखीभौंबाट बढी अभिव्यक्ति दिनका लागि मानव अनुहारको विकास भएको पनि वैज्ञानिकहरूले बताएका छन् । शिकार युगबाट कृषियुगमा पुगेपछि मानिसहरू मकै र गहुँ उमार्न थाले र रोटी खान थाले अनि अनुहार साँघुरिँदै गयो ।

हामी आफ्नो अनुहारको मांसपेशीको संकुचन र सहजतामार्फत २० किसिमका भाव व्यक्त गर्न सक्छौं । हाम्रा पूर्वजहरू यसो गर्न सक्षम थिएनन् । उनीहरूको अनुहारको आकार र मांसपेशीका स्थिति फरक थिए ।