५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोष गणतन्त्रलाई बोकाउनु हुँदैन : मन्त्री शर्मा

सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोष गणतन्त्रलाई बोकाउनु हुँदैन : मन्त्री शर्मा
file photo
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपरेको बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालले सोमबार(हिजो) भक्तपुरमा आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोषको भारी गणतान्त्रिक व्यवस्थाले बोक्नुपरेको बताउनुभएको हो ।

उहाँले गणतान्त्रिक व्यवस्था आफैँमा राम्रो व्यवस्था भएपनि केही खराब कामको दृष्टान्त दिदैँ गणतान्त्रिक व्यवस्थामाथि प्रहार हुने गरेको बताउनुभयो । व्यवस्था र व्यवस्था सञ्चालक फरक–फरक कुरा भएको भन्दै उहाँले व्यक्तिले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउनु नहुने धारणा राख्नुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ र राम्रो लोकतान्त्रिक गणतन्त्र भएको भन्दै यसलाई सुदृढ बनाउनका लागि मिडियाले पनि भुमिका खेल्नुपर्ने बताउनुभयो । मन्त्री शर्माले मिडियाले सबै क्षेत्रका सकारात्मक कुराहरुलाई पनि स्थापित गराउन लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सांसदका स्वकिय सचिवहरु को–को छन् ? को–को हुन्छन् ? क–कसलाई स्वकिय राख्छन् भन्नेकुरा आइरहँदामा परिवारबाट राख्छन् भन्नेकुराको लिष्ट बन्छ । पत्रिकामा छापिन्छ । जसले त्यो गरेको छैन । जसले सहिद परिवार राख्छ । जसले कार्यकर्ता राख्छ । त्यसको नाम नै आउँदैन । चर्चा नै हुन्न । त्यो नगर्ने मान्छे कसरी प्रोत्साहित होला ? नकारात्मक कुरालाई प्रहार गर्नुको उद्देश्य सकारात्मक होस् भनेर हो । तर सँगसँगै सकारात्मक कुरालाई अलिअलि त स्थापित गरेर जानुपर्‍यो । समाजमा आशाको दियो बाल्नुपर्‍यो । म के आग्रह गर्न चाहान्छु भने, नयाँ साथीहरुलाई पनि गाइड गर्ने गरेर तपाईहरुले जुनसुकै क्षेत्रहरुको सकारात्मक कुराहरु स्थापित गर्ने कसरी हो त्यो पनि सोचौँ । नकारात्मकलाई प्रहार पनि गरौँ । सरकार सञ्चालन गर्नेहरुले गरेका नकारात्मक कामहरु सतहमा आएका छन् ।

आउनुपनि पर्छ । तर सबै खराबी गणतन्त्र आएपछि मात्रै भएका हुन् ? हिजो सबै दुधले नुहाएको थियो, यस्तो कुरा त होइन नि । सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपर्ने त होइन नि । गणतन्त्रले बोक्नु परिराखेको छ । व्यवस्था र व्यवस्था सञ्चालक भनेको फरक–फरक कुरा हो । व्यवस्था सञ्चालकहरुले गर्ने गल्ती, कमजोरीले व्यवस्थाले दोष पनि बोक्नुपर्छ कतिपय बेलामा त्यो आफ्नो ठाउँमा छ । तर हाम्रो यो व्यवस्थाको विकल्प के हो त ? लोकतान्त्रिक गणतन्त्रको विकल्प भनेको त यो भन्दा सुदृढ, राम्रो लोकतान्त्रिक गणतन्त्र न होला । यो भन्दा सुदृढ र राम्रो लोकतन्त्र बनाउन के गर्ने भन्नेकुरा मिडिया क्षेत्रको जिम्मेवारीको विषय हो भन्ने मलाई लाग्छ । मिडियाले गरेका खबरदारीका कतिपय कुराहरुले सरकार राम्रो काम गर्न बाध्य बन्दोरहेछ ।’

मन्त्री शर्माले सामाजिक सञ्जालका कारण कतिपय मान्छेहरुको आत्महत्या गर्नेसम्मको अवस्था आएको भन्दै सामाजिक सञ्जालको नियमन आवश्यक रहेको बताउनुभयो । सरकारले नियमावली बनाएर भएपनि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न लागिरहेको उहाँले उल्लेख गर्नुभयो ।