• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

रजनीकान्त र तमन्नाबीच ३९ वर्षको अन्तर, फिल्म ‘जेलर’मा जोडी बन्ने



एजेन्सी । साउथ अभिनेत्री तमन्ना भाटिया चाँडै सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’मा देखिनेछिन् । हालै तमन्नालाई फिल्ममा उनको र सहकलाकारबीचको उमेरको अन्तरबारे प्रश्न गरिएको थियो । वास्तवमा ३३ वर्षीया तमन्नाले ७२ वर्षीय रजनीकान्तसँग फिल्ममा काम गरेकी छिन् । दुवैको उमेरमा ३९ वर्षको अन्तर छ ।

उमेरको यो अन्तरबारे तमन्नाले ६० वर्षको उमेरमा पनि डान्स नम्बर गर्न तयार हुने बताइन् । जसरी टम क्रुजले ६० वर्षको उमेरमा पनि आफै स्टन्ट गर्छन् ।

‘जेलर’को ‘तु आ दिलबरा’ गीतको लञ्च कार्यक्रममा उक्त कुराकानी भएको हो । उमेरको अन्तरमा तमन्नाले भनिन्– ‘उमेरको अन्तर जस्तो कुरामा पनि किन ध्यान दिनुहुन्छ ? तपाईंले स्क्रिनमा देखिने पात्रहरूमा मात्र ध्यान दिनुपर्छ ।’

हलिउड स्टार टम क्रुजको उदाहरण दिँदै तमन्नाले भनिन्– ‘यदि उमेरको कुरा गर्ने हो भने म भन्छु टम क्रुजलाई हेर, उनी ६० वर्षको उमेरमा पनि स्टन्ट आफै गर्छन् । कुनै पनि बडी डबल प्रयोग गर्दैनन् । मलाई ६० वर्षको उमेरमा पनि यस्तै नाच्न मन लाग्छ ।’

फिल्ममा तमन्ना भाटिया सुपरस्टार रजनीकान्तसँग कवला गीतमा नाच्दै देखिएकी छन् । रजनीकान्त र तमन्नाले गीतको हुक स्टेप सँगै गरिरहेका छन् । यस गीतमा शिल्पा राव र अनिरुद्ध रविचन्दरको आवाज रहेको छ । गीतमा अनुराज कामराजको शब्द रहेको छ । फिल्म यसै वर्ष अगस्ट १० मा रिलिज हुँदैछ ।

फिल्मका निर्देशक नेल्सन दिलीप कुमार हुन् । फिल्ममा रजनीकान्तले जेलरको भूमिका निर्वाह गरेका छन् जो मिसनमा छन् । फिल्ममा कन्नड सुपरस्टार शिव राजकुमार, रामैया कृष्णन, योगी बाबु, वसन्त रवि र विनायकन देखिनेछन् । फिल्ममा मलयालम सुपरस्टार मोहनलाल पनि विशेष भूमिकामा रहनेछन् । योसँगै फिल्ममा बलिउड अभिनेता ज्याकी श्राफ पनि देखिनेछन् ।

जेलरपछि तमन्ना ६७ वर्षीय चिरञ्जीवीसँग ‘भोला शंकर’मा देखिनेछिन् ।