• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा ★   चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर ★   अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै ★   प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

बालकृष्ण खाणबारे प्रकाशमान– अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छ



चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको स्पष्ट पार्नुभयो । उहाँले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमासमेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताउनुभयो ।

पुरानो नजिरलाई लिएर खाणलाई कारबाही नगरिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारबाही नगरिएको हो ।”

कांग्रेस भ्रष्टाचारको संरक्षणमा भने नलाग्ने उहाँले स्पष्ट पानुभयो । उहाँले भन्नुभयो “निष्पक्ष तवरले कानुनी राज्यको पक्षमा कांग्रेस रहेको छ । आफ्ना पार्टीका नेतालाई पर्दा कानुन लाग्नुहुँदैन भन्ने पक्षमा कांग्रे नहरेको उहाँको भनाइ थियो । रासस