४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

सरकारले सुन प्रकरण अनुसन्धानको नाममा झारो टार्ने काम गरिरहेको छः राजेन्द्र लिङ्देन

सरकारले सुन प्रकरण अनुसन्धानको नाममा झारो टार्ने काम गरिरहेको छः राजेन्द्र लिङ्देन
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले पछिल्लो सुन प्रकरण अनुसन्धानको नाममा झारा टार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।

बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यो सामान्य विषय नभएकाले यसको जरैसम्म पुगेर मुख्य नाईके पक्रनका लागि सरकारले विशेष छानबिन समितिनै गठन गर्नुपर्ने माग समेत गर्नुभयो । अध्यक्ष लिङदेनले सरकारले जरामा पुगेर सो प्रकरणमा छानबिन गर्न भन्दा पनि देखाउनका लागि अनुसन्धानको नाममा भरियाहरुलाई पक्राउ गर्ने काम गरिरहेको जिकिर समेत गर्नुभयो । उहाँले नेपाल सुन तस्करहरुको ट्रान्जिट प्वाईन्ट बनेको उल्लेख गर्दै बाह्य मुलुकको दबाबमा सरकारले करिव एक क्वीन्टल सुनको अनुसन्धान प्रक्रियालाई अघि बढाएको आफूहरुले सूचना पाएको पनि बताउनु भयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘म सभामुख महोदयमार्फत सरकारलाई भन्न चाहन्छु–यो सामान्य विषय होइन । समाजलाई ठिक दिशामा ल्याउनका लागि यसको उचित छानबिन र उचित निकास दिनका लागि जरासम्म पुग्नुपर्दछ । अहिले हामीले भूटानी शरणार्थीको कुरा गरौं । ललिता निवास जग्गा प्रकरणको कुरा गरौं । कहीँ पनि हामी जरासम्म पुग्न सकेका छैनौं मात्रै होइन । सरकार जरासम्म पुग्नै अग्रसर भएको छैन । अहिले पनि हामीले एक क्वीन्टल, डेढ क्वीन्टल सुन पक्रियौं । यो चानचुने कुरा हो भनेर सरकारको तर्फबाट आइराखेको छ । त्यो कुनै सूचनाको आधारमा पक्राउ प¥यो होला नि । त्यो सूचनाको स्रोत को हो ? त्यो सूचना दिने स्रोतले त्यसमा को को संलग्न छ भन्ने कुरा भनेन होला । थाहा छैन होला । कि यो बाह्य दबाब वा सूचनाको आधारमा कसैलाई देखाउनका लागि मात्रै एक एक टिभ सुन पक्रने काम भएको हो ?

हामीलाई केही सूचना आए अनुसार यो आकस्मिक रुपमा वा सरकारले थाहा पाएर पक्रेको होइन । नेपाल सुन तस्करको ट्रान्जिट प्वाइन्ट बनिराखेको छ । र, सम्बन्धित अरु देशले सूचना दिएपछि, दबाब दिएपछि यो पक्राउ गर्ने काम भएको हो भन्ने कुरा बजारमा आएको छ । त्यसकारण म सरकारसँग आग्रह गर्न चाहन्छु–भरियालाई पक्रेर सुन तस्करका नाईकेहरुलाई संरक्षण दिने, जोगाउने अनि हामीले त यति त ग¥यौ नि भन्ने काम नगरोस् । यसको जरासम्म पुगोस् । केही मानिसहरुको नाम अरु प्रकरणमा आएका छन । अनुसन्धान प्रक्रिया सशक्त ढंगले अगाडि बढाओस् । र, अहिले जुन ढंगले अनुसन्धानको नाममा झारा टार्ने काम भइराखेको छ । त्यसले जरासम्म पुग्न सकिँदैन । विशेष आयोग बन्नुपर्छ । छानबिन आयोग बन्नुपर्छ । र, सो आयोग बनाएर यो अनुसन्धान प्रक्रिया अघि बढाइयोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष लिङ्देनले सरकारले सुन तस्करका नाईकेहरुलई संरक्षण दिने काम गर्न नहुने पनि पटकपटक दोहो¥याउनु भयो ।