१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालुको पित्त जस्तो देखिने वस्तुसहित २ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले भालुको पित्त जस्तो देखिने वस्तुसहित २ जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो रेडनपुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरमा अबैध रुपमा भालुको पित्त जस्तो देखिने वस्तुको बिक्री वितरण भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोलुखुम्बु घर भई हाल कपन बस्ने ३९ वर्षीय तेन्दोर्जी तामाङ र काभ्रेपलाञ्चोक घर भई हाल बौद्ध बस्ने २९ वर्षीय नाम्गेल तामाङ रहेका छन् ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।