१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या



अ+ अ-

गलकोट । प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको कुटपिटपछि हत्या गरेको खुलेको छ ।

बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार राति मृत भेटिएका पौडेलको हत्या होटल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

सामान्य विवादको क्रममा होटल सञ्चालक कुँवरका आमा छोराले पौडेलको टाउकोमा मुक्का प्रहार गरी छातीमा लात्तीले हानेर बेहोस भएपछि कपडाले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

पौडेलको मृत्यु भएपछि उनले घाँटीमा लगाएको सुनको सिक्री निकाली भान्छा कोठाको दराजमा लुगाएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीले ५१ वर्षीय आशा र २० वर्षीय विनोदलाई मङ्गलबार घटनास्थलबाटै पक्राउ गरेको थियो । रासस