• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या



गलकोट । प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको कुटपिटपछि हत्या गरेको खुलेको छ ।

बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार राति मृत भेटिएका पौडेलको हत्या होटल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

सामान्य विवादको क्रममा होटल सञ्चालक कुँवरका आमा छोराले पौडेलको टाउकोमा मुक्का प्रहार गरी छातीमा लात्तीले हानेर बेहोस भएपछि कपडाले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

पौडेलको मृत्यु भएपछि उनले घाँटीमा लगाएको सुनको सिक्री निकाली भान्छा कोठाको दराजमा लुगाएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीले ५१ वर्षीय आशा र २० वर्षीय विनोदलाई मङ्गलबार घटनास्थलबाटै पक्राउ गरेको थियो । रासस