१२ बैशाख २०८२, शुक्रबार
,
Latest
शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जनका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाएः महेश बर्तौला एनएसएलको विजेताले ८० लाख पाउने हावा र सौर्य ऊर्जा क्षमता पहिलो पटक थर्मलभन्दा बढी: चीन देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छुः शिक्षामन्त्री पन्त पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त : अर्थमन्त्री पौडेल टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु चाडपर्व र बिदा कटौती गरेर विद्यार्थीको पठनपाठनमा परेको असरलाई भरपाई गर्ने तयारीमा शिक्षक अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मियामीको जितमा मेसीको दुई गोल



अ+ अ-

एजेन्सी । लिग्स कप अन्तर्गत इन्टर मियामीले लगातार दोस्रो जित निकालेको छ । नेपाली समयानुसार बुधबार बिहान भएको खेलमा मियामीले एटलान्टा युनाइटेडलाई ४–० गोलले पराजित गरेको हो ।

मियामीको जितमा लियोनल मेसी र रोबर्ट टेलरले दुई–दुई गोल गरे । खेलको ८ औं मिनेटमा नै मेसीले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा मेसीले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै, ४४ औं मिनेटमा टेलरले गोल गर्दै मियामीलाई ३–० ले अघि बढाए ।

५३ औं मिनेटमा टेलरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौंथो गोल गरे । यता, खेलको ८४ औं मिनेटमा क्रिस्टोफर एमसीभेले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मियामी १० खेलाडीमा समेटिएको थियो । मियामीको यो लगातार दोस्रो जित हो ।

यसअघि डेब्यु खेलमै मेसीले अन्तिम समयमा गोल गर्दै मियामीलाई पहिलो जित दिलाएका थिए । समूह जे मा रहेको मियामीले ६ अंक जोडेको छ ।

यो जितसँगै मियामी साउथ समूह ३ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोली यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।