४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

अटोमोबाइल क्षेत्रले अपेक्षा गरे अनुरुपको मौद्रिक नीति आएनः अध्यक्ष थापा

अटोमोबाइल क्षेत्रले अपेक्षा गरे अनुरुपको मौद्रिक नीति आएनः अध्यक्ष थापा
अ+ अ-

काठमाडौँ । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल क्षेत्रले अपेक्षा गरे अनुरुपको मौद्रिक नीति नआएको बताउनुभएको छ ।

नाडाका अध्यक्ष थापाले आईतवार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रले दिएका सुझाव र अपेक्षा अनुसारको मौद्रिक नीति नआएको बताउनु भयो । मंगलवार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिबारे प्रतिक्रिया दिँदै अटोमोबाइल क्षेत्रलाई मौद्रिक नीतिले उपेक्षा गरेको बताउनु भयो । उहाँले अटोमोबाइल क्षेत्रले मौद्रिक नीतिबाट धेरै अपेक्षा गरेको भएपनि अर्थतन्त्र सकारात्मक मोडमा हुँदा समेत अपेक्षा अनरुपको मौद्रिक नीति पाउन नसकिएको गुनासो गर्नुभयो ।

उहाँले लामो समयदेखि थला परेको अटोमोबाइल क्षेत्रल हायर पर्चेज कर्जाको जोखिमभार र लोन टु भ्यालु रेसियो र चालुपुँजी कर्जामा सहजिकरणको माग राख्दा पनि राष्ट्र बैंकले सम्बोधन गर्न नसकेको बताउनु भयो। उहाँले राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गनिर्देशनलाई पुनरावलोकन गर्ने भनेकाले केही आशा रहेको बताउनु भयो ।

उहाँले लोन टु भ्यालु रेसियोको विषयमा मौद्रिक नीतिले केही नबोलेको भन्दै सर्कुलरमा केही आउने अपेक्षा रहेको बताउनु भयो । उहाँले अटोमोबाइल क्षेत्र सबैभन्दा जोखिममा परेको हायर पर्चेज कर्जाको जोखिम भार रहेको भन्दै यसमा केही सम्बोधन भए पनि पर्याप्त नभएको बताउनु भयो। उहाँले २५ लाखसम्मको कर्जा भनेको अटोमोबाइल क्षेत्रको लागि एकदमै न्युन भएको बताउनु भयो। उहाँले २५ लाख कर्जामा जोखिमभार कम गर्दैमा अटोमोबाइल क्षेत्रमा सकारात्मक प्रभाव ल्याउन नसक्ने दाबी गर्नुभयो । उहाँले शेयर बजार,घरजग्गा कारोबार तथा अन्य व्यापार व्यवसाय चलायमान भए मात्रै अटोमोबाइल व्यवसाय चलायमान हुने बताउनु भयो। उहाँले निजी क्षेत्रमा जाने कर्जालाई संकुचन गर्दा अर्थतन्त्र चलायमान हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अटोमोबाइल क्षेत्रले मौद्रिक नीतिबाट धेरै अपेक्षा गरेको थियो । अर्थतन्त्र सकारात्मक मोडमा गइरहेकाले आशा ठूलो नै थियो । अटोमोबाइल क्षेत्रले अपेक्षा अनरुपको मौद्रिक नीति प्राप्त गर्न सकेनौं । लामो समयदेखि थला परेको अटोमोबाइल क्षेत्रले धेरै माग केही राखेको थिएन । एक वर्षदेखि अटोमोबाइल क्षेत्र कठिन परिस्थितीबाट गुज्रिरहेको छ । हायर पर्चेज कर्जाको जोखिमभार र लोन टु भ्यालु रेसियो र चालुपुँजी कर्जामा सहजिकरणको माग राखेका थियौं । राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गनिर्देशनलाई पुनरावलोकन गर्ने भनेकाले केही आशा गरेका छौं । लोन टु भ्यालु रेसियोको विषयमा मौद्रिक नीतिले केही पनि बोलेन । मौद्रिक नीतिमा समावेश नभए पनि सर्कुलरमा केही आउने अपेक्षा छ ।

अटोमोबाइल क्षेत्र सबै भन्दा जोखिममा परेको हायर पर्चेज कर्जाको जोखिम भारको कुराले हो । यसमा केही सम्बोधन भएको छ । २५ लाखको कर्जामा जोखिमभार १०० बनाउँदैमा ठूलो प्रभाव पार्ने अवस्था देखिएको छैन । २५ लाखसम्मको कर्जा भनेको अटोमोबाइल क्षेत्रको लागि एकदमै न्युन हो । २५ लाख भनेको इन्ट्री लेवलका गाडीहरुको मात्रैको कर्जा हो । यसले अटोमोबाइल क्षेत्रमा सकारात्मक प्रभाव ल्याउन सक्दैन । शेयर बजार,घरजग्गा कारोबार तथा अन्य व्यापार व्यवसाय चलायमान भए मात्रै अटोमोबाइल व्यवसाय चलायमान हुने हो । सम्पूर्ण व्यवसायी रक्षात्मक अवस्थामा रहेकाले मौद्रिक नीतिमा सबै क्षेत्र ठूलो अपेक्षा थियो । निजी क्षेत्रमा जाने कर्जा बिस्तार घटाएकाले मौद्रिक नीतिले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको पाइन ।

निजी क्षेत्रमा जाने कर्जालाई संकुचन गर्दा अर्थतन्त्र चलायमान हुन सक्दैन । मौद्रिक नीतिको कारण बैंकको ब्याजदर घट्ने अवस्था छैन । बैंकको ब्याजदर बढी भएकाले बैंकमा तरलता थुप्रिएर बस्दा पनि निजी क्षेत्रले कर्जा लिन सकेको छैन । मुलुकको अर्थतन्त्र चलायमान बनाउन अटोमोबाइल क्षेत्रको महत्वपूर्ण योगदान छ । राज्यले अटोमोबाइल क्षेत्रलाई हेरक पटक उपेक्षा गरेको छ । अटोमोबाइल क्षेत्रलाई राजश्वको स्रोतको रुपमा हेर्ने तर नीति निर्माण गर्दा अटोमोबाइल मैत्री नभएर बाहिर राख्ने काम प्रवृत्ति प्रत्येक वर्ष देखिन्छ । अटो व्यवसायीहरुले ल्याएको ४ हजार भन्दा साडीहरु भन्सारमा नै थन्किएर बसेका छन् । भन्सारमा गाडी रोकिँदा राज्यलाई अर्बौं राजश्व गुमिरहेको छ । अहिले धेरै अटोमोबाइल व्यवसायीहरु पलायन भइसकेका छन् ।’

अध्यक्ष थापाले मौद्रिक नीतिको कारण बैंकको ब्याजदर घट्ने अवस्था नभएको भन्दै बैंकको ब्याजदर बढी भएकाले बैंकमा तरलता थुप्रिएर बस्दा पनि निजी क्षेत्रले कर्जा लिन नसकेको बताउनु भयो। अध्यक्ष थापाले मुलुकको अर्थतन्त्र चलायमान बनाउन अटोमोबाइल क्षेत्रको महत्वपूर्ण योगदान भएपनि राज्यले अटोमोबाइल क्षेत्रलाई हेरक पटक उपेक्षा गर्ने गरेको गुनासो गर्नुभयो ।

उहाँले सरकारले अटोमोबाइल क्षेत्रलाई राजश्वको स्रोतको रुपमा हेर्ने तर नीति निर्माण गर्दा अटोमोबाइलमैत्री नभएर बाहिर राख्ने गरेको बताउनु भयो । उहाँले अटो व्यवसायीहरुले ल्याएको ४ हजार भन्दा साडीहरु भन्सारमा नै थन्किएर बसेको बताउनु भयो । उहाँले अहिले धेरै अटोमोबाइल व्यवसायीहरु पलायन भइसकेको बताउनु भयो ।