४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

भारत–वेस्ट इन्डिज टेस्टमा बनेका ६ कीर्तिमानहरु, ५ वटा कोहलीको नाममा

भारत–वेस्ट इन्डिज टेस्टमा बनेका ६ कीर्तिमानहरु, ५ वटा कोहलीको नाममा
अ+ अ-

एजेन्सी । भारत र वेस्ट इन्डिजबीचको टेष्ट सिरिजको दोस्रो खेल कीर्तिमानी रह्यो । यो दुई टोलीबीचको १००औँ टेस्ट म्याच पनि थियो । यो खेलमा कुल ६ वटा कीर्तिमान तोडिएका थिए जसमध्ये ५ विराट कोहलीले र एक रोहित शर्माले बनाएका थिए ।

१. कोहली ५०० अन्तर्राष्ट्रिय खेल खेल्ने १० औं खेलाडी बने
भारतका ब्याट्सम्यान विराट कोहलीले वेस्ट इन्डिजविरुद्धको टेष्ट खेल सुरु हुनेबित्तिकै अनौठो उपलब्धि हासिल गरेका छन् । तीनवटै ढाँचामा ५०० अन्तर्राष्ट्रिय खेल खेल्ने उनी विश्वकै १०औँ खेलाडी बनेका छन् ।

१११ टेस्ट बाहेक कोहलीले २७४ एकदिवसीय र ११५ टी–२० खेलेका छन् । ३४ वर्षीय विराट अघि ६ ब्याट्सम्यान र ३ अलराउन्डरले मात्र ५०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्न पाएका थिए ।

२. कोहली ५०० औं अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने पहिलो क्रिकेटर
कोहली आफ्नो करियरको ५०० औं खेलमा शतक बनाउने विश्वकै पहिलो क्रिकेटर बनेका छन् । उनले १२१ रनको इनिङ खेले । यति मात्र होइन, कोहली ५ सयौं खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बने । उनीअघि ९ खेलाडीले ५ सय खेल खेलेर कीर्तिमान बनाउन सके पनि ५ सय खेलमा अर्धशतक बनाउन सकेनन् । कोहलीअघि कुमार संगकाराले ५ सयौं खेलमा सर्वाधिक ४८ रन बनाएका थिए । श्रीलंकाका ब्याट्सम्यानले मार्च २०१३ मा बंगलादेशविरुद्धको एकदिवसीय खेलमा यो इनिङ खेलेका थिए ।

३. ५ सय खेलमा सर्वाधिक शतक, सचिनलाई पछि पारे
कोहली ५०० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक शतक बनाउने ब्याट्सम्यान बने । उनले सचिन तेन्दुलकरको कीर्तिमान तोडे । कोहलीले आफ्नो करियरको ७६ औं शतक प्रहार गरेका हुन् । सचिन तेन्दुलकरले ५ सय खेलसम्म ७५ शतक बनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा विराटभन्दा माथि सचिन तेन्दुलकर (१०० शतक)ले मात्र बढी शतक बनाएका छन् । यसका लागि उनले ६६४ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

४. विराट अन्तर्राष्ट्रिय क्रिकेटको शीर्ष ५ सर्वाधिक रन बनाउनेको सूचीमा परे
यस टेस्टको पहिलो दिन विराट कोहली ८७ रन बनाएर अविजित फर्किएका थिए । यस दिन कोहलीले २५,५४८ औं रन बनाए । योसँगै उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानमध्ये ५ नम्बरमा परेका छन् । कोहलीले दक्षिण अफ्रिकाका अनुभवी अलराउन्डर ज्याक कालिसलाई पछि पारेका छन् । कालिसले ५१९ खेलमा २५ हजार ५३४ रन बनाएका छन् ।

कोहलीभन्दा अगाडि श्रीलंकाका महेला जयवर्धने ६५२ खेलमा २५ हजार ९५७ रन बनाएर चौथो नम्बरमा छन् । सबैभन्दा धेरै रन बनाउने कीर्तिमान सचिन तेन्दुलकरको नाममा छ, उनले ३४ हजार ३५७ रन बनाएका छन् ।

५. वेस्ट इन्डिज विरुद्ध १२ औं अन्तर्राष्ट्रिय शतक, कालिसको बराबरी
विराट कोहलीले वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरी कीर्तिमान बनाएका छन् । विराटले इन्डिजविरुद्ध तीनवटै ढाँचामा आफ्नो १२औँ अन्तर्राष्ट्रिय शतक बनाए र दक्षिण अफ्रिकाका महान अलराउन्डर ज्याक कालिसको कीर्तिमान बराबरी गरे । अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमान सुनिल गावस्करको नाममा छ । गावस्करले वेस्ट इन्डिजविरुद्ध १३ शतक प्रहार गरेका छन् ।

६. रोहित सबैभन्दा छिटो २००० टेस्ट रन बनाउने भारतीय ओपनर


पहिलो इनिङ्समा रोहित शर्माले टेस्ट क्रिकेटमा ओपनरका रुपमा २ हजार रन पुरा गरेका छन् । उनले ४० इनिङमा मात्रै यो स्थान हासिल गरेका हुन् । रोहितले सबैभन्दा कम इनिङ्स खेल्ने भारतीय ओपनर राहुल द्रविड र वीरेन्द्र सहवागको कीर्तिमान बराबरी गरेका छन् । दुवै ब्याट्सम्यानले ४०–४० इनिङ्समा ओपनिङ गर्दै २ हजार रन पूरा गरेका थिए ।