२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday
Latest
वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान नागरिकलाई उद्यमशीलतामा जोड्दै हेफर कार्यक्रम । स्रोत नखुलेको रकम सहित पक्राउ म्यानमार सहयोग पठाउँदै सरकार रास्वपाको सचिवालय बैठक बुधबार नेपाल बुद्धले सिकाएको शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने देश होः सभामुख घिमिरे बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा नेपाल उद्योग वाणिज्य महासंघद्धारा म्यानमारका भुकम्प पिडीतहरुका लागि राहत सामग्री हस्तान्तरण नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–वेस्ट इन्डिज टेस्टमा बनेका ६ कीर्तिमानहरु, ५ वटा कोहलीको नाममा



अ+ अ-

एजेन्सी । भारत र वेस्ट इन्डिजबीचको टेष्ट सिरिजको दोस्रो खेल कीर्तिमानी रह्यो । यो दुई टोलीबीचको १००औँ टेस्ट म्याच पनि थियो । यो खेलमा कुल ६ वटा कीर्तिमान तोडिएका थिए जसमध्ये ५ विराट कोहलीले र एक रोहित शर्माले बनाएका थिए ।

१. कोहली ५०० अन्तर्राष्ट्रिय खेल खेल्ने १० औं खेलाडी बने
भारतका ब्याट्सम्यान विराट कोहलीले वेस्ट इन्डिजविरुद्धको टेष्ट खेल सुरु हुनेबित्तिकै अनौठो उपलब्धि हासिल गरेका छन् । तीनवटै ढाँचामा ५०० अन्तर्राष्ट्रिय खेल खेल्ने उनी विश्वकै १०औँ खेलाडी बनेका छन् ।

१११ टेस्ट बाहेक कोहलीले २७४ एकदिवसीय र ११५ टी–२० खेलेका छन् । ३४ वर्षीय विराट अघि ६ ब्याट्सम्यान र ३ अलराउन्डरले मात्र ५०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्न पाएका थिए ।

२. कोहली ५०० औं अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने पहिलो क्रिकेटर
कोहली आफ्नो करियरको ५०० औं खेलमा शतक बनाउने विश्वकै पहिलो क्रिकेटर बनेका छन् । उनले १२१ रनको इनिङ खेले । यति मात्र होइन, कोहली ५ सयौं खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बने । उनीअघि ९ खेलाडीले ५ सय खेल खेलेर कीर्तिमान बनाउन सके पनि ५ सय खेलमा अर्धशतक बनाउन सकेनन् । कोहलीअघि कुमार संगकाराले ५ सयौं खेलमा सर्वाधिक ४८ रन बनाएका थिए । श्रीलंकाका ब्याट्सम्यानले मार्च २०१३ मा बंगलादेशविरुद्धको एकदिवसीय खेलमा यो इनिङ खेलेका थिए ।

३. ५ सय खेलमा सर्वाधिक शतक, सचिनलाई पछि पारे
कोहली ५०० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक शतक बनाउने ब्याट्सम्यान बने । उनले सचिन तेन्दुलकरको कीर्तिमान तोडे । कोहलीले आफ्नो करियरको ७६ औं शतक प्रहार गरेका हुन् । सचिन तेन्दुलकरले ५ सय खेलसम्म ७५ शतक बनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा विराटभन्दा माथि सचिन तेन्दुलकर (१०० शतक)ले मात्र बढी शतक बनाएका छन् । यसका लागि उनले ६६४ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

४. विराट अन्तर्राष्ट्रिय क्रिकेटको शीर्ष ५ सर्वाधिक रन बनाउनेको सूचीमा परे
यस टेस्टको पहिलो दिन विराट कोहली ८७ रन बनाएर अविजित फर्किएका थिए । यस दिन कोहलीले २५,५४८ औं रन बनाए । योसँगै उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानमध्ये ५ नम्बरमा परेका छन् । कोहलीले दक्षिण अफ्रिकाका अनुभवी अलराउन्डर ज्याक कालिसलाई पछि पारेका छन् । कालिसले ५१९ खेलमा २५ हजार ५३४ रन बनाएका छन् ।

कोहलीभन्दा अगाडि श्रीलंकाका महेला जयवर्धने ६५२ खेलमा २५ हजार ९५७ रन बनाएर चौथो नम्बरमा छन् । सबैभन्दा धेरै रन बनाउने कीर्तिमान सचिन तेन्दुलकरको नाममा छ, उनले ३४ हजार ३५७ रन बनाएका छन् ।

५. वेस्ट इन्डिज विरुद्ध १२ औं अन्तर्राष्ट्रिय शतक, कालिसको बराबरी
विराट कोहलीले वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरी कीर्तिमान बनाएका छन् । विराटले इन्डिजविरुद्ध तीनवटै ढाँचामा आफ्नो १२औँ अन्तर्राष्ट्रिय शतक बनाए र दक्षिण अफ्रिकाका महान अलराउन्डर ज्याक कालिसको कीर्तिमान बराबरी गरे । अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमान सुनिल गावस्करको नाममा छ । गावस्करले वेस्ट इन्डिजविरुद्ध १३ शतक प्रहार गरेका छन् ।

६. रोहित सबैभन्दा छिटो २००० टेस्ट रन बनाउने भारतीय ओपनर


पहिलो इनिङ्समा रोहित शर्माले टेस्ट क्रिकेटमा ओपनरका रुपमा २ हजार रन पुरा गरेका छन् । उनले ४० इनिङमा मात्रै यो स्थान हासिल गरेका हुन् । रोहितले सबैभन्दा कम इनिङ्स खेल्ने भारतीय ओपनर राहुल द्रविड र वीरेन्द्र सहवागको कीर्तिमान बराबरी गरेका छन् । दुवै ब्याट्सम्यानले ४०–४० इनिङ्समा ओपनिङ गर्दै २ हजार रन पूरा गरेका थिए ।