२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday
Latest
त्रिवि उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा खड्ग केसीलाई होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के भयो कुरा ? सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छः ट्रम्प विमानस्थलबाट गाँजासहित एक जना पक्राउ विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड दुई ‘रियालिटी शो’का लागि ६० देशबाट प्रतिभा छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन काण्डः राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग



अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको सहयोग मागेको छ ।

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभागबाट माग भइआएकाले हाल प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीलाई अनुसन्धानमा सहयोग गर्नका लागि पठाइएको जानकारी दिए ।

यसअघि विभागले आफ्नै अनुसन्धान टोली खटाएर सुन बरामद गरेको थियो भने अनुसन्धानको काम अघि बढाएको थियो । विभागले अहिलेसम्म १६ जना आरोपीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकामा भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ, भन्सार एजेन्टहरू सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली रहेका छन् ।

यस्तै कार्गो कम्पनीका सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट, ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

उनीहरूमाथि म्याद थप गरेर विभागले अनुसन्धान गरिरहेको छ । सुन कति बरामद भयो भनेर अहिले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले यकिन गर्न काम गरिरहेको छ ।