• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

एसिया कपमा इमर्जिङ कपमा आराम दिइएका ३ खेलाडी थप गरिने



काठमाडौँ । आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले उद्घाटन खेलमै पाकिस्तानको सामना गर्नेछ । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ ।

अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्कामा छ । एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेपछि नेपाली टिम एसिया कपको तयारीका लागि श्रीलंकामा बसेको हो ।

इमर्जिङ कपमा समूह चरणबाटै बाहिरिएको नेपाल भारत ए र पाकिस्तानको ए टिमसँग पराजित भएको थियो भने युएईको ए टिमलाई हराएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टिमले श्रीलङ्कामा १५ दिनको विशेष प्रशिक्षण गर्नेछ । एसिसी इमर्जिङ टिम्स कप खेलेको टिमका तीन खेलाडी थप गर्दै नेपालले तयारी गर्ने भएको हो ।

इमर्जिङ टिम्स कपका लागि आराम दिइएका करण केसी, ज्ञानेन्द्र मल्ल र आरिफ शेखलाई टिममा समावेश गरिने क्यान स्रोतले जनाएको छ ।

साथै, हाल क्यानडामा ग्लोबल टी–२० खेलिरहेका दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने पनि एसिया कपको टोलीमा समावेश हुनेछन् । त्यसैले इमर्जिङ कप खेलको टिममा फेरबदल गर्दै एसिया कपका लागि पूर्ण टिम घोषणा गरिनेछ ।

भारत र पाकिस्तानको विवादका कारण यसपटकको एसिया दुई देशमा हुँदैछ । यस संस्करणको एशिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ । प्रतियोगिताका १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछ भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् ।

एशिया कपमा नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह बीमा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली सुपर फोरमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।