६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपमा इमर्जिङ कपमा आराम दिइएका ३ खेलाडी थप गरिने



अ+ अ-

काठमाडौँ । आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले उद्घाटन खेलमै पाकिस्तानको सामना गर्नेछ । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ ।

अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्कामा छ । एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेपछि नेपाली टिम एसिया कपको तयारीका लागि श्रीलंकामा बसेको हो ।

इमर्जिङ कपमा समूह चरणबाटै बाहिरिएको नेपाल भारत ए र पाकिस्तानको ए टिमसँग पराजित भएको थियो भने युएईको ए टिमलाई हराएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टिमले श्रीलङ्कामा १५ दिनको विशेष प्रशिक्षण गर्नेछ । एसिसी इमर्जिङ टिम्स कप खेलेको टिमका तीन खेलाडी थप गर्दै नेपालले तयारी गर्ने भएको हो ।

इमर्जिङ टिम्स कपका लागि आराम दिइएका करण केसी, ज्ञानेन्द्र मल्ल र आरिफ शेखलाई टिममा समावेश गरिने क्यान स्रोतले जनाएको छ ।

साथै, हाल क्यानडामा ग्लोबल टी–२० खेलिरहेका दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने पनि एसिया कपको टोलीमा समावेश हुनेछन् । त्यसैले इमर्जिङ कप खेलको टिममा फेरबदल गर्दै एसिया कपका लागि पूर्ण टिम घोषणा गरिनेछ ।

भारत र पाकिस्तानको विवादका कारण यसपटकको एसिया दुई देशमा हुँदैछ । यस संस्करणको एशिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ । प्रतियोगिताका १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछ भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् ।

एशिया कपमा नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह बीमा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली सुपर फोरमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।