• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउदै



काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दै छ ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार आइतबार बिहान मौद्रिक नीति पारित गर्न सञ्चालक समितिको बैठक बोलाइएको छ । बैठकले पारित गरेपछि दिउसो तीन बजे गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने तयारी रहेको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार बजेटले निर्दिष्ट गरेका लक्ष्य अनुसारको मौद्रिक नीति तयार भएको छ । सिथिल अर्थतन्त्र चलायमान बनाउने हिसाबले नीति आउने जानकारी दिदै उहाँले भन्नुभयो ‘मौद्रिक नीतिले नीतिगत दर, बैंक दर र निक्षेप संकलन दर घटाउन सक्ने छ ।’