२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक वर्ष सकिए पनि १७० स्थानीय तहले मन्त्रालयमा बजेट पेश गरेनन्



अ+ अ-

काठमाडौं: आगामी आर्थिक वर्षको बजेट तयारीमा जुटेका स्थानीय तहहरुमध्ये अझै १७० स्थानीय तहले बजेटलाई अन्तिम रुप दिन नसकेको पाइएको छ ।

स्थानीय तहहरुले आफूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा बजेट र कार्यक्रम अपलोड गर्नुपर्ने प्रावधान छ । तर कूल ७५३ स्थानीय तहमध्ये १७० तहले अझै बजेट, कार्यक्रम अपलोड गरेका छैनन् ।

कतिपय निकायले अपलोड गरेका विवरण पनि अस्पष्ट, झारा टार्ने किसिमका मात्र छन् । बजेट कुन प्रयोजन र कार्यक्रमका लागि हो भन्ने नै हेर्न नपाइने किसिमका छन् । ललितपुर महानगरपालिकाले राखेको बजेट विवरणमा बजेट अपलोड नगरी महानगरको साइटको लिङ्क मात्र उपलब्ध गराएको छ ।

त्यस्तै काठमाडौं महानगरले करिब २५ अर्ब रुपैयाँको बजेट पारित गरिसकेको समाचार सार्वजनिक भए पनि मन्त्रालयको वेबपोर्टलमा अपलोड भएको छैन ।

मन्त्रालयको विवरणमा, साउन १ गते बिहानसम्म कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये १०० स्थानीय तहले बजेट पेश गरेका छन् भने ३७ वटाले अझै गरेका छैनन् । त्यस्तै मधेश प्रदेशका १३६ तहमध्ये ७२ ले बजेट पेश गरेका भए पनि ६४ वटाले पेश गरेका छैनन् । प्रदेशगत रुपमा यो सबैभन्दा कमजोर अवस्था हो ।

बाग्मती प्रदेशका ११९ स्थानीय तहमध्ये ९२ वटाले बजेट पेश गरेका छन् भने २७ वटाले पेश गर्न बाँकी छ । तुलनात्मक रुपमा अगाडि रहेको गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आठ वटा स्थानीय तहले मात्र बजेट पेश गर्न बाँकी छ । लुम्बिनी प्रदेशका १०९ तहमध्ये ९४ वटाले बजेट पेश गरेका छन् । यस प्रदेशका अझै १५ वटाले बजेट पेश गर्न बाँकी छ ।

कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ४ वटाले मात्र बजेट प्रस्तुत गर्न बाँकी छ, र यहाँ ७५ निकायले बजेट पेश गरिसकेका छन् । हुम्लाका चंखेली, ताँजाकोट र सर्केगाड तथा सल्यानको कुमाख गाउँपालिकाले बजेट पेश गरेका छैनन् । यस प्रदेशका धेरै स्थानीय तहले सभाबाट बजेट पारित पनि गरिसकेका छन् । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ७३ वटा निकायले बजेट प्रस्तुत गरेका छन् भने १५ वटाले गर्न बाँकी छ ।