१९ माघ २०८१, शनिबार
,
Latest
अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हेलले आज बिदाइ भेट गर्नुभएको छ ।

राजदूत हेलले सिंहदरबारस्थित अध्यक्ष कार्यकक्षमा भएको बिदाइ भेटमा नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटनलगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको विषयमा कुराकानी भएको थियो ।

अध्यक्ष तिमिल्सिनाले ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकामा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्समार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको छ भन्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले कतारलगायतका मुलुकको थप उन्नत बन्दै गएको श्रमबजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिक पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको पनि बताउनुभयो ।

उहाँले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसको आवतजावतलाई सहज बनाएको छ र पर्यटन प्रवर्द्धनमा मद्दत गरेको उल्लेख गर्दै हाल नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्स गरी तीन एयरलाइन्सले नेपाल र कतारबीच सिधा हवाई उडान गरिरहेका छन् भन्नुभयो ।

यस्तै नेपाल आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मित्रवत् सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा कतारसँग नजिकबाट काम गर्न तत्पर रहेको कुरा दोहोर्याउँछु भन्नुभयो ।

भेटमा राजदूत युसुफबिन मोहम्मद अल(हेलले नेपाली श्रमिकले कतारको विकासका लागि पुर्याएको योगदानको प्रसंशा गर्दै बढीभन्दा बढी सुविधा उपलब्ध गराउने विषयमा पनि गम्भीर रहेको बताउनुभयो ।

उहाँले पोखरालगायतका बिमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरूको चासो राखेर नेपाल सरकारका निकायमा पाँच(छ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासोसमेत गर्नुभयो । उहाँले नेपालले चासो राखेर अघि बढेमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नियमित उडान गर्न कुनै समस्या नरहेको बताउनुभयो । रासस