२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप र दीपेन्द्रले इमर्जिङ टिम्स एसिया कप नखेल्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

सन्दीप र दीपेन्द्रले फ्रेन्चाइज लिग ग्लोबल टि–२० क्यानडा खेल्न लागेका कारण इमर्जिङ कप खेल्न नभ्याउने भएका हुन् । ग्लोबल टि–२० क्यानडा आगमी जुलाई २० देखी अगष्ट ६ सम्म चल्नेछ । नेपालले जुलाई २३ देखि इमर्जिङ कप खेल्दैछ ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । इमर्जिङ कपको समूह बी मा नेपालसहित युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान रहेका छन् ।

इमर्जिङ कपमा पाँच टेस्ट टोलीबाट यू–२३ को टीमले खेल खेल्नेछन् भने एसिएट टोलीले आफ्नो पहिलो रोजाईका खेलाडी खेलाउन पाउनेछन् ।

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ भने १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुनेछ ।