• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

कक्षा ११ मा भर्ना र छावृत्तिका लागि निजी विद्यालयलाई काठमाडौँ महानगरको निर्देशन



फाईल फोटो

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा भर्ना हुनका लागि महानगरभित्र सञ्चालित विद्यालयलाई कम्तीमा १५ दिन भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

एसइईको नतिजा प्रकाशित भइसकेको भन्दै महानगरले केही विद्यालयले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव भएकाले भन्दै यसबाट दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरुले आवेदन दिने अवसरबाट बञ्चित भएको गुनासोप्रति महानगरको ध्यानाकर्षण भएको उल्लेख छ  ।

ुमाध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम गर्न सबै शिक्षण संस्थालाई जानकारी गराइन्छु, महानगरले जारी सूचनामा भनेको छ ।

साथै महानगरले आज अर्को एक सूचना प्रकाशित गर्दै कक्षा ११ मा छावृत्तिका लागि भर्ना हुने विद्यार्थीको संख्या यही असार मसान्तभित्र  महानगरमा पठाउने समेत भनेको छ । यसका लागि गुगल फर्म भरेर पठाउन सकिने महानगरको निर्देशन छ । भर्ना हुने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकाले विवरण पठाउन महानगरले निर्देशन दिएको हो ।