१३ असार २०८३, शनिबार
,
Latest
काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकाद्वारा दुई सहकारी खारेज



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई सहकारी संस्थाको दर्ता खारेज गरेको छ । महानगरपालिकाले वडा नं ५ मा रहेको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र चाबहिलमा रहेको सुकस बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।

काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ मा कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएमा र सदस्यको हित गर्न नसक्ने भएमा साधारणसभाको तत्काल कायम रहेको दुई तिहाइ बहुमतले सदस्यको निर्णयबाट त्यस्ता संस्था बिघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ व्यवस्था अनुसार दर्ता खारेजी गरिएको महानगरको भनाइ छ ।

उक्त संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित वक्यौता केही भएमा तथा यी संस्थाहरुबाट धितो राखी कुनै कर्जा लिएको वा यी संस्थाहरुमा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले १५ दिनभित्र विभागमा सम्पर्क राख्न पनि महानगरले भनेको छ ।