१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितानिवास जग्गा प्रकरण: पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ



अ+ अ-

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मंगलबार पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको देखिएको थियो। सीआईबीले उक्त जग्गामा शाहको समेत मिलेमतोको रहेको भन्दै उनलाई पक्राउ गरेको बताइएको छ ।

सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार शाहलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

सीआईबीले निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरिरहेको छ । यस क्रममा सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङसहित सात जनालाई पक्राउ गरिसकेको छ।

सिआइबीले डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ।