२३ असार २०८३, मंगलवार
,
Latest
सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसपटक विश्वकपको ट्रफि नेपाल नआउने



अ+ अ-

एजेन्सी । भारतले पहिलो पटक आयोजना गर्न लागेको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार ट्रफी अन्तरिक्षमा लन्च गरेको हो ।

यससँगै ट्रफीको विश्व भ्रमणको पनि घोषणा गरिएको छ । जुन २७ बाट सुरु हुने वल्र्ड टुर अन्तर्गत १८ देशको भ्रमण गरी यो ट्रफी भारत फर्किनेछ । यो भ्रमण सेप्टेम्बर ४ मा समाप्त हुनेछ ।

आईसीसीले अमेरिकाको निजी अन्तरिक्ष एजेन्सी ‘सेन्ट इनटो स्पेस’को सहयोगमा बेलुनको सहयोगमा ट्रफीलाई अन्तरिक्षमा पठाएको हो । पृथ्वीको सतहबाट १२,००० फिटको उचाइमा पुगेपछि ट्रफीलाई स्ट्र्याटोस्फियरमा अनावरण गरिएको थियो । त्यसपछि ट्रफी अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा ल्याइयो ।

यसैबीच योपटक भने विश्वकपको ट्रफि नेपाल नआउने भएको छ । यसअघि सन् २०१८ मा विश्वकपको ट्रफि पहिलो पटक नेपालमा ल्याइएको थियो । त्यतिबेला उक्त ट्रफिलाई काठमाडौं र पोखरामा प्रदर्शनमा राखिएको थियो ।

सन् २०२२ मा टि–२० विश्वकपको ट्रफि पनि नेपालका विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो ।

विश्वकप ट्रफी कुवेत, बहराइन, मलेसिया, अमेरिका, नाइजेरिया, युगान्डा, फ्रान्स, इटाली, अमेरिका र आयोजक राष्ट्र भारतलगायत विश्वका १८ देशका ४०ं सहरमा पुग्नेछ ।

विश्वकप ट्रफिको भ्रमण तालिकाः
२७ जुनदेखि १४ जुलाई – भारत
१५–१६ जुलाई – न्यूजिल्याण्ड
१७–१८ जुलाई – अष्ट्रेलिया
२५–२७ जुलाई – अमेरिका
२२–२४ जुलाई – भारत
१९–२१ जुलाई – पपुआ न्यूगिनी
२८–३० जुलाई – वेस्ट इन्डिज
३१ जुलाई –४ अगस्ट – पाकिस्तान
५–६ अगस्ट – श्रीलंका
७–९ अगस्ट – बंगलादेश
१०–११ अगस्ट – कुवेत
१२–१३ अगस्ट – बहराइन
१९–२० अगस्ट – फ्रान्स
१६–१८ अगस्ट – इटाली
१४–१५ अगस्ट – भारत
२१–२४ अगस्ट – इंग्ल्याण्ड
२५–२६ अगस्ट – मलेसिया
२७–२८ अगस्ट – युगाण्डा
२९–३० अगस्ट – नाइजेरिया
३१ अगस्ट– ३ सेप्टेम्बर – दक्षिण अफ्रिका
४ सेप्टेम्बर – भारत