२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य हेर्ने उपमहासचिव पियरे आज नेपाल भ्रमणमा आउँदै



अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स नेपालको चार दिवसीय भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री, उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुनेछ ।

उपमहासचिव ल्याक्रोइक्सले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यहाँ बसाइँका क्रममा उहाँ संयुक्त राष्ट्रसङ्घ र नेपाली शान्ति सेनासम्बन्धी विविध कार्यक्रममा सहभागी रहनुहुनेछ । साथै, उहाँले पर्यटकीय महत्वका स्थानको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्वशान्ति कार्यमा धेरै सेना पठाएर योगदान गर्ने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ । शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा नेपाल पहिलो नम्बरमा रहिआएको छ ।

संयुक्त राष्ट्रसङ्घबाट माग भइआएको खण्डमा नेपालले १० हजार सङ्ख्यामा शान्ति सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ । संयुक्त राष्ट्रसङ्घले गत जेठ ३० देखि असार १ गतेसम्म सातौँ संस्करणको शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय सङ्घ गोष्ठी गरेको थियो ।

उक्त सङ्गोष्ठीमा राष्ट्रसङ्घका सहयोग कार्यसम्बन्धी विभाग हेर्ने उपमहासचिव अतुल खेरसहितका उच्च पदाधिकारीले भाग लिनुभएको थियो ।