१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा बैठक: नवीन राप्रपाको नयाँ कार्यक्रम अनुमोदन



अ+ अ-

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक नवीन राप्रपाको नयाँ कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ ।

बैठकले हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको राजनीतिक दस्तावेजका आधारमा नवीन राप्रपाको नयाँ कार्यक्रम अनुमोदन गरेको छ। जसअनुसार, पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई भुगोल केन्द्रित स्थानीय तहको जिम्मेवारी निर्धारण गरेको छ ।

यसैगरी ७५३ वटै स्थानीय तहमा पार्टीका केन्द्रीय नेतालाई खटाउने पार्टी जीवनमा पहिलोपटक नयाँ अभ्यास प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । बैठकले सातवटै प्रदेशमा प्रदेश संयोजकको व्यवस्था गर्नुका साथै प्रदेश संयोजकको काम, कर्तव्य र अधिकार समेत निर्धारण गरेको छ ।

बैठकले यसरी तोकिएका सबै प्रदेश संयोजक तथा भुगोल केन्द्रित नेताहरूको जिम्मेवारी ६ महिनाको लागि तोकेको पनि श्रेष्ठले जानकारी दिनुभयो । बैठकले भुगोलमा खटिएर जाने नेताहरुले वडा तहबाटै संगठन गठन, पुनर्गठन लगायत कार्यविधिमा तोकिएका कामहरु सम्पन्न गर्नुपर्ने जिम्मेवारी पनि तोकिएको छ ।