१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने



अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएको छ ।

असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वानका लागि उहाँले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको हो ।

प्रदेश सरकारका प्रवक्ता मन्त्री भक्तिप्रसाद सिटौलाले विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन आह्वान गरिएको उल्लेख गर्दै भन्नुभयो, “असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष आज सिफारिस गरेका छौँ ।”

नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री कार्की अल्पमतमा पर्नुभएको छ । अल्पमतमा परे पनि उहाँले जेठ ३२ गते अध्यादेशमार्फत प्रदेशको बजेट ल्याउनुभएको थियो ।

माओवादी केन्द्र र जसपाले साथ छाडेपछि उहाँले जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुतपछि प्रदेशको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशको बजेट ल्याउनुभएको हो ।

नियमित अधिवेशन आह्वान हुँदा विश्वासको मत भन्दा पहिला बजेट अध्यादेश पेश गर्नुपर्ने बाध्यात्यक अवस्था भएका कारण सरकारले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गरेको हो ।