• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo

पशुपति विकास कोषका पूर्वसदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा



फाईल फोटो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ढकालले अकुत सम्पत्ति आर्जनको आरोपमा आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ढकाल पशुपतिनाथ मन्दिरको जलहरी राख्ने प्रकरणमा समेत विवादमा परेका हुन् । उनलाई १ करोड ४४ लाख ११ हजार ७८७ रुपैयाँ बिगो कायम र त्यति नै जरिवाना र कैद सजायको माग गरिएको छ ।