१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटको अभावमा नेपाली सेनाले जिम्मेवारी पाएको सडक निर्माण कार्य समयमै सम्पन्न भएन: मन्त्री खड्का



तस्बिर: रासस
अ+ अ-

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो स्पष्टिकरण दिनु भएको हो ।

उपप्रधानमन्त्री खड्काले हुम्ला सदरमुकाम जोड्ने सडक नेपाली सेनाले आगामी आर्थिक वर्ष भित्र सम्पन्न गरिसक्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । सो सडकको केही भाग निर्माणको काम मात्रै नेपाली सेनाले पाएको र सो काम आगामी आर्थिक वर्ष भित्र सम्पन्न गर्ने उपप्रधानमन्त्री खड्काको भनाई थियो । उहाँले सुरक्षाको आवश्यक्तालाई ध्यानमा राखेर सरकारले जलविद्युत आयोजना निर्माण कार्यमा पनि नेपाली सेनालाई परिचालन गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई परिचालन गर्दै लैजाने नीतिलाई निरन्तरता दिने बताउनु भयो ।

उपप्रधानमन्त्री खडकाले भन्नु भयो, ‘सेनाले जिम्मा लिएका सडकहरुको सम्पन्न गर्ने कुराको जुन प्रश्न छ । कतिपय सन्दर्भमा हाम्रो अर्थतन्त्रको सिमितताको कारण बजेट अभावको कारणले पनि सेनाले सम्पन्न गर्न चाहँदाचाहँदै पनि कतिपय सडकहरु सम्पन्न हुन नसकेका पनि छन । अव जहाँसम्म हुम्लाको कुरा उठेको छ । हुम्लाको सन्दर्भमा सेनाले पाएको जिम्मेवारी अनुसारको आम आउने आर्थिक वर्षमा सम्पन्न गर्छ । । र, त्यहाँ सडक विभाग अन्तरगत पनि काम भईरहेको अवस्था छ । हुम्ला सदरमुकाम पुग्ने सन्दर्भमा सेनाको तर्फबाट लिइएको जुन जिम्मेवारी छ । त्यसलाई तोकिएकै समयमा पूरा गर्ने कुरा म सम्माननीय सभामुखमार्फत माननीय सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु । निजी जलविद्युत आयोजनाहरुमा सरकारको निर्णय अनुसार सुरक्षाको आवश्यक्तालाई ध्यानमा राखेर सेनालाई घटाउने प्रबन्ध विगतदेखि हुँदै आएको छ । सोही आवश्यक्ता अनुसार भविष्यमा पनि त्यो बारेमा निर्णय हुने व्यहोरा म माननीय सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु ।’

उपप्रधानमन्त्री खड्काले नेपाली सेना आफूले पाएको सडकहरुको निर्माण कार्य समयमै सम्पन्न गर्न प्रतिवद्ध रहेको समेत बताउनु भयो ।