७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गर्योः सांसद डा. वाग्ले

बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गर्योः सांसद डा. वाग्ले
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अहिलेको बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताउनुभएको हो । उहाँले नेपालको अथाहा सम्भावना भएको भनिएको पर्यटन क्षेत्र भन्दा पनि ठूलो सम्भावना आईटी क्षेत्रमा रहेको बताउनु भयो। उहाँले सरकारले बजेट आईटी क्षेत्र प्राथमिकता दिनसके मात्रै पनि आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउन सकिने बताउनु भयो। उहाँले सरकार आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउने बाटोतर्फ लैजाने बजेटमार्फत कुनै सोच विचार नगरेको दाबी गर्नुभयो ।

सांसद डा.वाग्लेले नेपालमा आईटी क्षेत्रको सम्भावना र विदेशको काम गर्ने नेपाली कति छन् भन्ने अध्ययन अहिलेसम्म नगरेको बताउनु भयो। उहाँले निजी क्षेत्रबाट भएको अध्ययनको प्रारम्भिक तथ्यांकहरू सुन्दा नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउने अनुमान गर्न सकिने बताउनु भयो। उहाँले नयाँ रूपान्तरणकारी सेक्टरमा सरकारले झारा टार्ने गरी डिजिटल अर्थतन्त्र अपनाइने छ भन्ने भाषामा मात्रै खुम्चिएको आरोप लगाउनु भयो। उहाँले आईटी क्षेत्रमा जुन रूपान्तरणकारी सम्भावना त्यसलाई अहिलेसम्म सरकारले सम्बोधन गर्न नसकेको बताउनु भयो ।

उहाँले निजी क्षेत्रले निकालेको आँकडाअनुसार करिव सात हजार ६३७ वटा आईटी कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता रहेको बताउनु भयो। उहाँले करिव सात हजार जतिले ट्याक्स तिर्ने गरेको भन्दै १०६ वटा एक्स्पोर्ट ओरेन्टेड आईटी एक्सपोर्टर रहेको जानकारी दिनुभयो । उहाँले फ्री लेन्सर भएर कोठामै बसेर काम गर्नेहरू ६६ हजार ५०९ रहेको बताउनु भयो। उहाँले यसरी काम गर्नेहरुको औसत आम्दानी लगभग चार हजार ७२३ डलर रहेको भन्दै प्रतिवर्ष पाँचहजार डलर आम्दानी गरिरहेको उल्लेख गर्नुभयो। उहाँले अहिले युद्ध भइरहेको युक्रेन मुलुकको वार्षिक औसत प्रतिव्यक्ति आय पाँच हजार डलरकै हाराहारीमा रहेको बताउनु भयो। उहाँले आईटी क्षेत्रमा शुरुवात लेबलमा नै करिव ३ हजार,मध्यम लेबलमा ६ हजार ३९५ र सिनियर लेबलकाहरूले नेपालमा नै बसीबसी १५ हजार ३२२ डलर आम्दानी गर्ने गरेको बताउनु भयो । उहाँले १५ हजार ३२२ प्रतिव्यक्ति आय रूस, चीन र मलेसियाको प्रतिव्यक्ति आयभन्दा माथि भएको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो,‘नेपालमा आईटी क्षेत्रको सम्भावना कति छ ? विदेशको काम गर्ने नेपाली कति छन् ? भनेर हामीले निजी क्षेत्रबाट अध्ययन गरेका थियौँ । यसको प्रारम्भिक तथ्यांकहरू सुन्दाखेरि नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउने खालको अनुमान गर्न सकिन्छ, । यो नयाँ रूपान्तरणकारी सेक्टरमा हामीले उही झारा टार्ने डिजिटल अर्थतन्त्र अपनाइने छ भन्ने भाषामा खुम्चिएका छौँ । तर, जुन रूपान्तरणकारी सम्भावना छ, त्यसबारे हामीले सम्बोधन गरेकै छैनौँ । पर्यटन हाईभ्यालु एग्रिकल्चरका विषयमा धेरै साथीहरुले भनिसक्नु भएको छ । आज आईटीको अथाहा सम्भावनालाई हामी त्यसको भ्याउनै पाउन सकेका छैनौं । खोस्रनै सकेका छैनौं । हामीले निकालेको आँकडाअनुसार करिव सात हजार ६३७ वटा आईटी कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छन् ।

करिब सात हजार जतिले ट्याक्स तिर्छन् । १०६ वटा एक्पोर्ट ओरेन्टेड आईटी एक्सपोर्टर रहेछन् । फ्री लेन्सर हाम्रो भाई बहिनीहरु कोठामै बसेर काम गर्नेहरू ६६ हजार ५०९ रहेछन् । उनीहरूको औसत आम्दानी छ लगभग चार हजार ७२३ डलर । प्रतिवर्ष पाँचहजार डलर उनीहरूको आय रहेछ । यो आय चानचुने कुरा हैन । अहिले चर्चामा रहेको युद्ध भइरहेको युक्रेन मुलुकको वार्षिक औसत आय पनि प्रतिव्यक्ति आय पाँच हजार डलर कै हाराहारीमा हो ।

इन्ट्रि लेबलमा नै करिव ३ हजार डलर कमाउने,मध्यम लेबलमा ६ हजार ३९५ र आईटी क्षेत्रबाट सिनियर लेबलकाहरूले नेपालमा नै बसीबसी १५ हजार ३२२ आम्दानी छ । १५ हजार ३२२ प्रतिव्यक्ति आय रूस, चीन र मलेसियाको प्रतिव्यक्ति आयभन्दा माथि हो । यति डाइनामिक सेक्टर यहीँ छ । तपाईं हामीसँग चिया खाएर कुनामा बसेर काम गरिरहेको मान्छेले दुनियाँको बिग इकोनोमीसँग यसरी काम गरिरहेको हुन सक्छ । टोटलमा करिव ५१५ मिलियन डलरको आम्दानी गराईरहेका छन् । कम्पनीगत हिसावले २०१ र फ्रि लेन्सरहरुबाट करिव ३१४ मिलियन जुन गत साल पर्यटनबाट आयको ४६ खर्ब आईटीबाट ६० अर्ब आएको छ । तर हामीले त्यो भ्येयू नै पाएनौं । यसलाई बजेटले रेक्जनाइज गरेको छैन । र्फमलाइज पनि गरेको छैन । २०१९ साल देखिको ऐनलाई नै टेकेर काम गरिरहेका छौं । त्यसैले यो अथाहा सम्भावना भएको क्षेत्रहरुमा उल्लेखिय कदम चालिएन ।’

सांसद वाग्लेले यति डाइनामिक सेक्टर नेपालमा रहेको दाबी गर्नुभयो। उहाँले चिया खाएर कुनामा बसेर काम गरिरहेको मान्छेले दुनियाँको बिग इकोनोमीसँग काम गरिरहेको बताउनु भयो । उहाँले अहिले करिव ५१५ मिलियन डलरको आम्दानी नेपालमा बसेर वार्षिक रुपमा गराइरहेको बताउनु भयो। उहाँले कम्पनीगत हिसावले २०१ र फ्रि लेन्सरहरुबाट करिव ३१४ मिलियन रहेको बताउनु भयो । उहाँले जुन गत साल पर्यटनबाट आयको ४६ खर्ब आम्दानी भएकोमा आईटीबाट मात्रै ६० अर्ब आएको बताउनु भयो । उहाँले यस्तो क्षेत्रलाई सरकारले कुनैपनि शिर्षकमा प्राथमिकता नदिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले आईटी क्षेत्रमा २०१९ साल देखिको ऐनलाई नै टेकेर काम गरिरहेको बताउनु भयो ।

उहाँले आईटी क्षेत्रको विकासका लागि भएका ऐन तथा नियमलाई सुधार गर्दै जानुपर्ने बताउनु भयो । उहाँले सरकारले ल्याएको बजेट आर्थिक सुधारको नेतृत्व आवश्यक संस्थागत अभिमुखिकरण र तयारी नभएको बताउनु भयो। उहाँले आर्थिक सुशासन र स्वच्छ नियमनको जगमा गतिशित प्रतिष्पर्धात्मक अर्थतन्त्र बनाउन विश्वनिय जग नदेखिएको पनि बताउनुभयो । उहाँले बजेटको भाषणमा शुद्धाशुद्धी मिठास मिलाएर प्रश्तुत गरे पनि डर लाग्दो हेलचेक्राँई गरि ल्याएको उल्लेख गर्नुभयो ।