१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमलादीमा आकाशमा पदयात्रा-फोटो फिचर



अ+ अ-

काठमाडौँ । काठमाडौँको कमलादीमा बनिरहेको ‘स्काई वाक भ्यू टावर’ सञ्चालनको अन्तिम तयारीमा रहेको छ । वन्डर्स नेपालले निर्माण गरेको यो टावरको व्यावसायिक सुरुआतका लागि अन्तिम तयारी भइरहेको छ ।

कम्पनीले साढे १३ रोपनी जग्गामा ७८ मिटर उचाइको टावर निर्माण गरेको छ । टाबरको सबैभन्दा माथिको भागबाट ३६० डिग्रीमा काठमाडौँ नियाल्न सकिन्छ । स्काई वाक टावरमा दैनिक १० हजारभन्दा बढी व्यक्ति आउजाउ गर्न सक्ने छन् ।

स्काई टावरको लिफ्ट ग्राउण्ड फ्लोरबाट सिधै ६८ मिटरमा मात्र रोकिनेछ । टावरमा फुडकोर्ड मिटिङ हललगायतका क्षेत्र रहने छन् । टावरको सबैभन्दा माथि स्काई वाक हुनेछ । जहाँ पूर्ण पारदर्शी सिसा संरचनामा पदयात्रा गर्न सकिने छ ।

दुई हजार स्क्वायर फिट मा स्काई वाक गर्न सकिने छ भने सुरक्षाका लागि वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ राखिएको छ । टावरको ७५ मिटर उचाइमा सिसामाथि हिँड्दा अवलोकनकर्तालाई आकाशमा हिँडेको जस्तै अनुभूति हुने निर्माण कम्पनीका संञ्चालक मध्येका एक लोकनाथ अधिकारीले बताउनुभयो ।

टावरको सबैभन्दा माथि एकै पटक ५ सय जनासम्म रहन सक्नेछन् । स्टिल स्ट्रक्चरमा निर्माण भएको यो टावर निकै आकर्षक र मनमोहक देखिन्छ । कम्पनीका अनुसार टावरमा इभेन्टहरु पनि गर्न सकिने छ । साहसिक पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा विकास गर्न गर्न यो टावरको उचाइमा बञ्जीजम्प र विद्युतीय पिङ पनि राख्ने तयारी भइरहेको छ ।

साथै टावर परिसरमा बगैँचा, फुडकोर्ट तथा विभिन्नि व्यापारिक केन्द्रहरु रहने गरी ३६ ओटा भन्दा बढी सटरहरु निर्माण भएका छन् । यो ‘स्काइ वाक टावर’ नेपालको मात्र नभएर दक्षिण एशियाकै पहिलो रहेको संञ्चालक  अधिकारीले बताउनुभयो ।