• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड

कर्णाली बाहेकका प्रदेश सरकारले घटाए बजेट, सुदूरपश्चिमको सबैभन्दा धेरै



काठमाडौँ । सातै वटा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक राजस्व र व्ययको अनुमानित विवरण अर्थात् बजेट सार्वजनिक गरेका छन् । प्रत्येक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्थाअनुसार सात वटै प्रदेश सरकारले बजेट सार्वजनिक गरेका हुन् ।
कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएकाले गत जेठ ३२ गते नै बजेट सार्वजनिक ग¥यो भने बाँकी प्रदेश सरकारले शुक्रबार बजेट सार्वजनिक गरेका छन् । जसमध्ये चालु आर्थिक वर्षको तुलनामा कर्णाली बाहेकका प्रदेश सरकारले बजेटको आकार घटाएका छन् । चालु आवमा राजस्व संकलन लक्ष्य अनुसारको नहुनु, अर्थतन्त्र संकटमा परेकाले स्रोतको सुनिश्चितता नहुँदा प्रदेश सरकारले बजेटको आकार घटाएका हुन् ।
प्रदेशहरुले सार्वजनिक गरेको बजेट अनुसार कर्णाली प्रदेश सरकारले २.३४ प्रतिशतले बजेटको आकार बढेको छ भने अन्य प्रदेश सरकारले ५ प्रतिशतदेखि २६ प्रतिशतसम्मले बजेटको आकार घटाएका छन् । चालु आवमा ७ प्रदेशले रु ३ खर्ब ५ अर्ब २६ करोड ४६ लाखको बजेट ल्याएकोमा आगामी आवका लागि प्रदेश सरकारले रु २ खर्ब ७९ अर्ब ६१ करोड ९६ लाख अर्थात रु २५ अर्ब ६४ करोड ५० लाख कम बजेट बिनियोजन गरेका छन् । जुन औसतमा ९ प्रतिशतले कमी हो ।
कोशी प्रदेश सरकारले चालु आवमा ३९ अर्ब ७३ करोड ७३ लाख बजेट बिनियोजन गरेकोमा आगामी आवका लागि करिब १० प्रतिशत कम अर्थात रु ३६ अर्ब २४ करोड ३५ लाख बराबरको बजेट बिनियोजन गरेको छ ।
मधेस प्रदेश सरकारले चालु आवमा ४६ अर्ब ८८ करोड ९ लाख बराबरको बजेट बिनियोजन गरेकोमा आगामी आवका लागि करिब ६ प्रतिशत अर्थात रु ४४ अर्ब ११ करोड ४६ लाख बराबरको बजेट बिनियोजन गरेको छ ।
बागमती प्रदेश सरकारले चालु आवमा रु ७० अर्ब ९३ करोड ९२ लाख बजेट बिनियोजन गरेकोमा आगामी आवका लागि करिब १३ प्रतिशत अर्थात रु ६२ अर्ब ७० करोड ९० लाख बराबरको बजेट बिनियोजन गरेको छ ।
गण्डकी प्रदेश सरकारले चालु आवका लागि रु ३५ अर्ब ९० करोड ९० लाख बराबरको बजेट बिनियोजन गरेकोमा आगामी आवका लागि करिब ७ प्रतिशत कम अर्थात ३३ अर्ब ४२ करोड ७२ लाख बराबरको बजेट ल्याएको छ ।
लुम्बिनी प्रदेश सरकारले चालु आवका लागि रु ४२ अर्ब ४३ करोड ५७ लाख बजेट बिनियोजन गरेकोमा आगामी आवका लागि ५ प्रतिशत कम अर्थात रु ४० अर्ब ४७ करोड ९७ लाख बजेट बिनियोजन गरेको छ ।
कर्णाली प्रदेश सरकारले चालु आवको तुलनामा २ प्रतिशतभन्दा बढीले बजेटको आकार बढाएको छ । चालु आवमा रु ३२ अर्ब ६१ करोड ६१ लाख बजेट बिनियोजन गरेकोमा आगामी आवका लागि प्रदेश सरकारले रु ३३ अर्ब ३७ करोड ९७ लाख बजेट बिनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आवमा रु ३६ अर्ब ७४ करोड ६४ लाख बजेट बिनियोजन गरेकोमा आगामी आवका लागि २६ प्रतिशत कम अर्थात रु २९ अर्ब २६ करोड ५९ लाख बजेट बिनियोजन गरेको छ ।