२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली माथी घेराबन्दी भयो , पार्टी अन्तरकलहको सिकार भए : पृथ्वीसुब्बा गुरुङ



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका  निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुर्सी प्राप्तीका लागि बनेको गठधबन्धन लामो समय सम्म टिक्क नसक्ने बताउनु भएको छ । आईतबार बिहान पत्रकार सम्मेलन गर्दे निवर्तमान मुख्यमन्त्री गुरुङ्गले  बिपक्षीमा रहदा एक भएका दलहरु सत्तामा पुगेपछि फेरी छुट्टिनु नौलो नभएका कारण गठबन्धन लामो समय सम्म नजाने अनुमान गर्नुभयो ।  

उहाँले भन्नुभयो प्रदेश सरकार पुरा कार्यकाल चल्नु पर्थो त्यो भएन तर प्रदेशसभाले पुरा कार्यकाल संञ्चालन हुनु पर्छ भनेर आफूले सबैधानिक रुपमा मार्गप्रसस्त गरेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो सरकार परिबर्ततन हुन सक्छ तर प्रदेशसभा पुरा कार्यकाल चल्न पाउनु पर्छ ।  यसले नै संघीयताको कार्यन्वयनको पुष्टि हुन्छ । 

पार्टी भित्रको अन्तरकलहका कारण आफूसरकार बाट बाहिरिन परेको भन्दै गुरुङ्गले भन्नुभयो आफनो दलको प्रधानमन्त्रीलाई हटाएर बिपक्षीदलका नेतालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने हरु ने समस्याको जड हुन् । केपी ओलीका पनि केही कमजोरी होलान् तर उहाँलाई सरकार बनेदेखी नै घेराबन्दी गर्ने अरु नेताहरु पानी माथीको ओभानो हुन् त ? उहाँले प्रश्न गर्नुभयो  । 

राजनीतिक रुपमा ईगोको समस्या छ ओली मात्र होईन सबै नेता सच्चिनु पर्छ  नेता गुरुङ्गले भन्नुभयो ।  दिपक मनाङ्गको भूमिकाका बारेमा संञ्चारकमीहरुले राखेको जिज्ञासाम नेता गुरुङ्गले भन्नुभयो  रत्नकार डाकु बाल्मीकी बने । सुध्रन खोज्नेलाई अबसर दिनु पर्छ भनेर सहयोग गरेको हो तर सबै डाकुहरु बाल्मीकी हुदो रहेनछ, धतुरोको रोपेपछि अमृत फल्दैन उहाँ को अबस्था त्यही हो ।  प्रमुख प्रतिपक्षदलका नेता समेत रहनु भएका गुरुङ्गले नयाँ मुख्यमन्त्रीलाई शुभकामना दिदै संघीयताको मर्म अनुसार काम गर्न सुझाब दिनुभयो । उहाँले भन्नुभयो रचनात्मक प्रतिपक्षका रुपमा सधै सहयोग रहन्छ ।