२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ

‘रोगबाट आफैं जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’

‘रोगबाट आफैं जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई राहत वितरण जारी राखेको छ । कोरोना महामारीले दोहोरी साँझ तथा मेला महोत्सव सञ्चालन नभएपछि कलाकारको आयस्रोत बन्द भएको छ । प्रतिष्ठानले ‘रोगबाट आफँै जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’ भन्ने नारा तय गरेर राहत सङ्कलन र वितरण गरिरहेको छ । 

आम्दानीको स्रोत नभएपछि कलाकाहरुलाई प्रतिष्ठानले चामल, दाल नुन, चिनी, मसला लगायत अत्यावश्यक सामग्री वितरण गरिरहेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश विजीले जानकारी दिनुभयो । उहाँले गायक, गायिका, वाद्यवादक तथा मोडल तथा प्राविधिकलाई खाद्य सामग्री वितरण गरिएको बताउनुभयो । 

प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीले करीब सात लाख बराबरको सामग्री उपलब्ध गराउनुभएको छ । केन्द्रीय समितिले उपत्यका समन्वय समितिसँग सहकार्य गरी हालसम्म करीब ५०० जनालाई राहत सामग्री वितरण गरेको छ । हालसम्म करीब १२ लाख बराबरको राहत सामग्री वितरण गरिएको छ । 

अध्यक्ष विजीले  कलाकार काठमाडौँमा रहेकाले यहाँबाट अभियान शुरुआत गरे पनि जिल्लाजिल्लामा पनि राहत वितरण कार्यलाई अघि बढाइने बताउनुभयो । “सबै प्रदेश र जिल्ला कमिटीलाई राहत सङ्कलन गर्न भनेका छौँ”, उहाँले भन्नुभयो, “समस्यामा परेका देशैभरका कलाकारहरुलाई भोकै बस्न दिँदैनौँ ।” प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पँगेनीले तत्कालै कलाकार काममा फर्कने अवस्था नरहेकाले राहत वितरणलाई केही समय निरन्तरता दिने जानकारी दिनुभयो ।