२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले गरे निष्कासित ४ सांसद एमालेमा फर्किएको घोषणा, के होला मुख्यमन्त्री शाहीको सरकार ?



अ+ अ-

सुर्खेत । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार प्राविधिक अल्पमतमा परेको छ ।  सर्वोच्च अदालतले ४ एमाले सांसदका पुनर्वहाली गर्न आदेश दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्राविधिक अल्पमतमा परेका हुन् ।

सोमबार सभामुखले सर्वोच्चको आदेश मुताबिक ४ जना एमाले संसदीय दलको सदस्यका रुपमा फर्किएको पत्र प्रदेशसभामा पढेर सुनाएका थिए । 

जसअनुरुप एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सर्वोच्च अदालतको आदेश अनुसार नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने भएका छन् ।

अब प्रदेशसभाका ४० जना सांसदमध्ये एमालेसँग सभामुखसहित २० जना पुगेका छन् । यसैगरी, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । राप्रपाको पनि सरकारलाई समर्थन  छैन । तसर्थ जम्मा १८ सांसदसहित मुख्यमन्त्री शाही अल्पमतमा परेका हुन् । 

कर्णालीमा नीति तथा कार्यक्रम पारित हुनका लागि अब फेरि एमालेका सांसदले फ्लोर क्रस गर्नुपर्ने हुन्छ ।