२२ असार २०८३, सोमबार
,
Latest
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूरा विश्वको नजरः जेनेभामा बाइडेन र पुटिनले मिलाए हात



अ+ अ-

एजेन्सी । स्विट्जरल्यान्डको जेनेभामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रूसी समकक्षी भ्लादमिर पुटिनबीच बहुप्रतिक्षित भेटवार्ता सुरू भएको छ।

उनीहरू दुबै जनालाई स्विटजरल्यान्डका राष्ट्रपति गाई पार्मेलिनले स्वागत गरेका थिए।

ुराष्ट्रपति महोदय, तपाईंहरू दुबै जनालाई शान्तिको सहरमा स्वागत छ। यहाँहरू वार्ता दुबै पक्षको हितका लागि फलदायक होस्,’ पार्मेलिनले यसो भनेपछि बाइडेन र पुटिनले हात मिलाएका थिए। 

पछिल्लो समय कोरोनाभाइरसको महामारीका कारण संसारभरि नै हात मिलाउने चलन केही हदसम्म हटेको थियो । 

बाइडेन राष्ट्रपति बनेपछि पहिलो पटक भएको भेटमा भने यी दुई मुलुकका राष्ट्रप्रमुखले हात मिलाएपछि विश्वमै चासोको रुपमा हेरिएको छ । 

विगत चार महिनादेखि दुबै नेताले एकअर्का विरुद्ध तिखा व्यङ्ग्य र धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका थिए । राष्ट्रपति बाइडेनले अमेरिकी चासोका क्षेत्रमा रुसी संरक्षणप्राप्त ह्याकरहरुले द्वेषपूर्ण साइबर आक्रमण गर्न रुसी राष्ट्रपतिले उक्साएको आरोप लगाएका छन् । 

साथै उनले रसियाका अग्रणी विपक्षी नेतालाई अलोकतान्त्रिक विधिबाट जेलमा राखेको तथा अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको बताएका छन् ।