२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वरमा नेपाल र भट्टराईबीच छलफल



अ+ अ-

काठमाडौँ‍ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र  जसपा नेता डा बाबुराम भट्टराईबीच बुधबार छलफल भएको छ।

दिउँसो पौने ४ बजेदेखि नेपाल निवास कोटेश्वरमा दुई नेताबीच छलफल भएको हो । 

सवा घण्टा भएको छलफलका क्रममा भट्टराईले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व गठबन्धनलाई साथ दिइरहन आग्रह गरेको स्रोतले बताएको छ । 

नेपालले पनि भट्टराईलाई ओलीबिरुद्ध गठबन्धनमा आफू प्रतिबद्ध रहेको आश्वासन दिएका थिए।

यसअघि सोमबार नेपाल निवासमै कांग्रेस सभापति तथा शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भलाकुसारी भएको थियो ।