सेन्टपिटसबर्गः युरो फुटबल अन्तर्गत बुधबार साँझ सम्पन्न पहिलो खेलमा रसियाले फिनल्यान्डलाई पराजित गरेको छ ।
रुसको सेन्टपिटसबर्गस्थित क्रेस्टोभ्स्की रंगशालामा भएको खेलमा रसियाले फिनल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको थियो । खेल अवधिभर रसियाले फिनल्यान्ड विरुद्ध गोल गर्ने कैयौं अवसर गुमाएको थियो ।
यो जितका नायक थिए रसियाका अलेक्सी मिरानचुक । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
जितसँगै रसियाले दुई खेलबाट ३ अंक बनाएको छ । यो समूहमा बेल्जियम, फिनल्यान्ड, रसिया र डेनमार्क रहेका छन् । बेल्जियमले १ खेलबाट यसअघि नै ३ अंक बनाइसकेको छ र समूहमा पहिलो स्थानमा छ ।
फिनल्यान्डले पनि डेनमार्क विरुद्धको खेल जितेर ३ अंक बनाएको छ, र तेस्रो नम्बरमा छ ।
आजै राति टर्की र वेल्स तथा मध्यराति इटाली र स्वीट्जरल्यान्डबीच खेल हुँदैछ ।