२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२०: इटालीद्वारा स्वीट्जरल्याण्ड पराजित



अ+ अ-

युरोकप फुटबल अन्तर्गत बुधवार मध्यराति भएको खेलमा इटालीले स्वीट्जरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
 

प्रतियोगिताको शसक्त दाबेदार मानिएको इटालीका लागि म्यानुएल लोकाटेलीले २ गोल गरेका थिए । उनले खेलको २६ र ५२ मिनेटमा गोल गरेका थिए ।
 

अर्को गोल सिरो इम्मोबाइलले खेलको ८९ मिनेटमा गरेका थिए । 
 

यो जितसँगै इटालीले २ खेलबाट ६ अंक बनाएको छ । यस समूहमा इटालीसँगै वेल्स, स्वीट्जरल्याण्ड र टर्की छन् । वेल्सले बुधबारको खेलमा टर्की विरूद्धको खेल जितेर ४ अंक बनाएको छ ।