२२ असार २०८३, सोमबार
,
Latest
सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान



अ+ अ-

काठमाडौँ । बढ्दो कोरोना सङ्क्रमणका समयमा देशभर रगत अभाव भइरहेका बेला नेपाली कांग्रेस (बिपी) केन्द्रीय समितिका आयोजनामा ‘रक्तदान जीवन दान’ भन्ने नारासहित बुधबार काठमाडौँको महाराजगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 

रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । पार्टी केन्द्रीय कार्यालयका सचिव सुशीलराज वाग्लेले कोरोना महामारीका समयमा रगतका अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न नागरिकलाई आह्वानसमेत गरेको छ ।