२२ असार २०८३, सोमबार
,
Latest
सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ



अ+ अ-

बैतडी । विभिन्न प्रलोभन देखाएर एक वर्षदेखि ठगी गर्दै आएको आरोपमा बैतडीबाट बुधबार पाटन नगरपालिका–२ सिलङ्गाका ३४ वर्षीय कमलराम विक पक्राउ परेका छन् । विकलाई बुधबार घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । 

बीमा भरेमा अनुदान दिन्छु भनी ठगी गरेको भन्दै  स्थानीयवासीले दिएको जाहेरीका आधारमा विकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो। विकले सिटिजन लाइफ इन्स्योरेन्समा बीमा भरिदिन्छु भन्दै स्थानीयवासीहरुबाट रकम सङ्कलन गरेर ठगी गरेको पाइएको  हो  ।  

उहाँले भन्नुभयो, “महेन्द्रनगरबाट रु २५ लाख र बैतडीबाट रु १५ देखि २० लाख रकम सङ्कलन गरेर स्थानीयवासीलाई निजले ठगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, नियन्त्रणमा रहेका विकमाथि आज मुद्दा दायर हुन्छ  ।” सिगास र महेन्द्रनगरको संयुक्त टोलीले जाहेरी दिएका छन् । उहाँले थप्नुभयो, “एक वर्षदेखि बीमाको एजेन्ट भनी ठग्दै हिँडेको रहेछ, पछिल्लो चार महिनादेखि प्रहरीले खोजी गरिरहेको थियो ।” 

कमलराम बीमाको एजेन्ट भए पनि उनीमाथि कम्पनीलाई पनि ठगेको आरोप लागेको छ ।  स्थानीयवासीबाट बीमा गरिदिन्छु भन्दै पैसा लग्ने गरेको भए पनि कम्पनीलाई नबुझाएको प्रहरीको प्रारम्भिक अनुसान्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका कमलमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । कमलले ठगी गरेको भन्ने ६० जना जति सम्पर्कमा आएको शाहीको भनाइ छ । 

कमलराम विकसँगै दुई जना अरु पनि ठगी कार्यमा संलग्न रहेको बुझिएको र उनीहरु फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।