२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आन्तरिक तथा बाह्य उडान सुचारु गर्ने



अ+ अ-

काठमाडौं । सरकारले निषेधाज्ञालाई खुकुलो बनाएसँगै अन्तराष्ट्रिय र आन्तरिक उडानहरुलाई खुकुलो बनाउने भएको छ । बुधबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन निर्देशन समितिको बैठकले नेपालबाट विश्वका विभिन्न मुलुकमा हुने र आन्तरिक उडानहरुलाई खुकुलो बनाउने भएको हो ।  

स्वास्थ्य मन्त्री शेरबहादुर तामाङका अनुसार सम्भवतः यो साताभित्रै मलेसिया, साउदी अरेयिबा, युएई, जापानलगायत देशहरूसँग हवाई सेवा खुकुलो बनाउने निर्णय भएको जानकारी दिए । सरकारले जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतार, टर्की र चीनबाट सातामा एक उडान सञ्चालन गर्दै आइरहेको छ ।

त्यस्तै वैदेशिक रोजगारीमा गएर नेपाल फर्कन चाहेका तर विभिन्न कारणले १५ दिन होटल क्वारेण्टीनमा बस्नुपर्नेहरुका लागि १० दिनसम्मको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । सरकारले खाडीका देश र मलेसियाबाट श्रम गरी फर्कने नेपालीका लागि १५ दिन होटल क्वारेण्टीनमा बस्नुपर्ने अनिवार्य गरेको छ । अन्तर्राष्ट्रियसँगै आन्तरिक उडान पनि बिस्तारै खुलाउने तयारी गरिएको मन्त्री तामाङले बताए ।