२२ असार २०८३, सोमबार
,
Latest
सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आन्तरिक तथा बाह्य उडान सुचारु गर्ने



अ+ अ-

काठमाडौं । सरकारले निषेधाज्ञालाई खुकुलो बनाएसँगै अन्तराष्ट्रिय र आन्तरिक उडानहरुलाई खुकुलो बनाउने भएको छ । बुधबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन निर्देशन समितिको बैठकले नेपालबाट विश्वका विभिन्न मुलुकमा हुने र आन्तरिक उडानहरुलाई खुकुलो बनाउने भएको हो ।  

स्वास्थ्य मन्त्री शेरबहादुर तामाङका अनुसार सम्भवतः यो साताभित्रै मलेसिया, साउदी अरेयिबा, युएई, जापानलगायत देशहरूसँग हवाई सेवा खुकुलो बनाउने निर्णय भएको जानकारी दिए । सरकारले जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतार, टर्की र चीनबाट सातामा एक उडान सञ्चालन गर्दै आइरहेको छ ।

त्यस्तै वैदेशिक रोजगारीमा गएर नेपाल फर्कन चाहेका तर विभिन्न कारणले १५ दिन होटल क्वारेण्टीनमा बस्नुपर्नेहरुका लागि १० दिनसम्मको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । सरकारले खाडीका देश र मलेसियाबाट श्रम गरी फर्कने नेपालीका लागि १५ दिन होटल क्वारेण्टीनमा बस्नुपर्ने अनिवार्य गरेको छ । अन्तर्राष्ट्रियसँगै आन्तरिक उडान पनि बिस्तारै खुलाउने तयारी गरिएको मन्त्री तामाङले बताए ।