२२ असार २०८३, सोमबार
,
Latest
ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको आसन्न महाधिवेशन रोकिदैन, समयमै हुन्छ : लेखक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सदस्यताका कारण पार्टीको आसन्न महाधिवेशन नरोकिने बताएका छन् । पार्टीको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक समेत रहेका लेखकले पार्टीले दिएको जिम्मेवारी अनुसार तोकिएको मितिमा क्रियाशील सदस्यता टुंगो लगाउने बताएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक लेखकले उनले असार ६ गतेसम्म क्रियाशील सदस्यताउपर उजुरी आह्वान गरिएको भन्दै मापदण्ड अनुसार सबै जिल्ला र क्षेत्रको सदस्यता टुंगो लाग्ने बताए ।  

महाधिवेशन सार्ने अवस्था नरहेको भन्दै लेखकले महाधिवेशन सम्पन्न गर्न पार्टीका सबै तहको समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।