१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार

हुम्लामा विकाससँगै प्रदुषण: मासिँदै कर्णाली सभ्यता

हुम्लामा विकाससँगै प्रदुषण: मासिँदै कर्णाली सभ्यता
अ अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको बिस्तारसँगै प्रदुषण बढ्न थालेको छ ।

सडक पूर्वाधारको विकास र बिस्तार भएसँगै कर्णाली नदी प्रदुषित हुन थालेको हो भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो ।

कर्णाली करिडोरको सडक बिस्तारसँगै हुम्लाको सर्केगाड गाउँपालिकाको मुख्य बजार सर्केगाडमा साविकको साँया गाविस र गोठी गाविसमा मानिसहरुका साथै बाहिरी जिल्लाबाट बसाइँ सरेर सडक छेउछाउमा बस्न आउने क्रम पनि बढ्न थालेको छ । साँयाका ४ वटा गाँउका मानिसहरुको दैनिक उपोभोग गर्ने सामानहरुको मुख्य बजार भएका कारण पनि सर्केगाडमा बजार बिस्तारको क्रम बढेको हो ।

बजार बिस्तारको क्रम बढ्न थालेसँगै कर्णाली नदी पनि दुषित हुन थालेको छ । बजारबाट निस्किने फोहोर तथा ढल कर्णाली नदी किनारमा फाल्ने र नदी छेउछाउ खुला शौच गर्ने क्रम बढेका कारण कर्णाली नदी दुषित बन्दै गएको भन्दै स्थानीयहरुले दुखेसो पोखेका छन् । कर्णाली करिडोर निर्माण हुनुअघि यहाँका मानिसहरु कर्णालीकै पानी पिउने गर्दथे । तर, करिडोर निर्माणसँगै बस्ती विकासको क्रम बढ्दा नदी दुषित हुन थालेपछि कर्णालीको पानी नुहाउन, लुगा धुन तथा भाडा माझ्न मात्रै प्रयोग गर्न थालिएको स्थानियवासी बताउँछन् ।

स्थानीय रेलकला शाहीले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शौचालयको ढल, खानेपानीको ढल निकासी गर्ने क्रम कर्णाली नदीमा बढेसँगै नदी प्रदुषित हुन पुगेको बताउनु भयो । उहाँले कर्णालीमा फोहोर बढ्दा पानी पिउन योग्य नरहेको बताउनु भयो । त्यस्तै अर्का स्थानीय भीमबहादुर सिंहले कर्णाली नदीको छेउछाउमा बस्तीहरु बढेसँगै फोहोर बढेकाले पानी पिउन योग्य नरहेको बताउनु भयो । मृत पशुचौपायाहरु पनि नदीमा नै फाल्ने गर्दा नदी अत्याधिक दुषित भएको बताउनु भयो ।

कर्णाली करिडोरको सडक बिस्तारसँगै विकासको धमिलो बाछिटा हुम्लाको पर्यावरणमा देखिन थालेको विषयमा भने स्थानीय सरकार अनविज्ञ देखिएको छ । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) कर्णाली नदीमा बजारको फोहोर फाल्ने गरेको विषयमा आफू जानकार नरहेको भन्दै अब बजार अनुगमन गरेर नियन्त्रण गर्न अभियान सञ्चालन गर्ने बताउनुहुन्छ । उहाँले ढल निकासी नदीमा गर्नु नराम्रो भएको भन्दै आफैँले उपभोग गर्ने पानीमा ढल मिसाउनु सरासर गलत भएको बताउनु भयो ।

करिडोर अन्तर्गत यातायात सुचारु भएका हुम्ला जिल्लामा मात्रै नभई बाजुराका विभिन्न स्थानमा भएका बजारबाट निस्किने फोहोर पनि कर्णाली नदी किनारमा फाल्ने गरिएको छ । बाजुराका पर्यटन व्यवसायी जनेश भण्डारीले कर्णाली नदी संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्ने बताउँदै नदीको पानी कैलाश जलको रुपमा उद्योग स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । नदीको संरक्षण नगर्ने हो भने भविष्यमा पहाडी क्षेत्रका बासिन्दाहरुले पानी पिउन नपाउने स्थिति सिर्जना हुने बताउनु भयो । उहाँले कर्णालीको पानी पानी उद्योगको रुपमा विकास गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले भविष्यमा मानव सभ्यता जोगाउने भुमिका कर्णालीले खेल्ने पनि बताउनु भयो ।

यता, कर्णाली करिडोरमा यातायात सुचारु भएसँगै हुम्ला जिल्लाको आन्तरिक उत्पादन पनि लोप हुन थालेको छ । यहाँका स्थानियहरु आन्तरिक उत्पादलाई प्रयोग गर्ने भन्दा पनि नेपालगञ्ज, रुपडिया लगायत तराईका जिल्लाबाट आयात गरी उपभोग गर्न थालेका कारण पनि आन्तरिक उत्पादन लोप हुन थालेको हो ।

स्थानीय प्याराजंग शाहीले यातायात सुचारु हुँदा स्थानीयहरु काम गरेर खाने भन्दा पनि किनेर खानेमा निर्भर हुने गरेको बताउनु भयो । हुम्लाको उत्पादनले बाहिरका बजारलाई बिस्थापन गर्नुपर्नेमा बाहिरका सामग्रीहरुले स्थानीय बजार बिस्थापन गरेको बताउनु भयो । बाहिरको सामग्रीलाई रोक्नको लागि भण्डारण केन्द्रको आवश्यक्ता रहेको बताउनु भयो । त्यस्तै आन्तरिक पर्यटक दीपक आचार्यले विकाससँगै विकृति पनि भित्रिरहेको महशुस गरेको बताउनु भयो । उहाँले विकासले स्थानीय उत्पादनहरु लोप हुँदै गएको बताउनु भयो । उहाँकाअनुसार हुम्लामा पछिल्लो समय बढ्दो शहरीकरण, स्थानीय उत्पादनमा ह्रास र परनिर्भरता बढ्दै गएको छ ।

कुल क्षेत्रफल मध्ये ४ हजार २ सय ६७ हेक्टर खेतीयोग्य जमिन रहेको हुम्ला जिल्लामा कोदो, फापर, चिनो, कागुनो, नाफल, चुली, मकै, सिमी, उवा, जौ, मासी धान, आलु, खामु, स्याउ लगायत अन्नबाली र फलफूल उत्पादन हुँदै आएपनि सडक बिस्तारका कारण परनिर्भरता बढेको छ । यसरी खाद्य आयत निरन्तर बढ्दै गए हुम्ला जिल्ला लगायत आसपासका क्षेत्रमा खाद्य सुरक्षाको अवस्था चिन्ताजनक देखिने प्राय: निश्चित छ । यसका लागि राज्यका सम्बन्धित निकायले बैलैमा ध्यान दिन जरुरी देखिन्छ ।