२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिट गरी हत्या गरेको आरोपमा चारजना कारागार चलान



symbolic photo
अ+ अ-

सप्तरी । जिल्लाको खड्क नगरपालिका ५ बस्ने रामदल यादवलाई  कुटपिट गरी हत्या गर्ने चारजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

गत जेठ ६ गते दिउँसो यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा चारजना सप्तरी जिल्ला अदालतको आदेशमा जेल चलान भएका हुन् ।

जेल चलान हुनेहरुमा खडक नगरपालिका ५ का ३० वर्षीय विनय यादव, वर्ष ३० कै मनोजकुमार यादव, वर्ष २४ का मुकेशकुमार यादव र वर्ष ३१ का महेशकुमार पासवान रहेका छन् । 

उनीहरुलाई विहीबार पुर्पक्षका लागि जेल चलान गरिएको हो।

यादवको उपचारको क्रममा उनको मृत्यु भएको थियो। घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।