२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधिकारिकता दावीसहित निर्वाचन आयोग जाँदै  जसपाको यादव पक्ष



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले आज निर्वाचन आयोगमा आधिकारिकता दावी गर्दै निवदेन पेश गर्ने भएको छ ।

आज दिउँसो २ बजे प्रमुख नेताहरू आफैं निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालय पुगी पार्टीको नाम, चुनाव चिन्ह, छाप र निर्णयको आधिकारिकताका लागि निवेदन दिने तयारी भएको जसपा केन्द्रीय कार्यालयले जनाएको छ ।

बिहिबार बसेको सो समूहको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दावी गर्न भनेको हो ।