दीपक गौतम
मतदातालाई प्राभावित पार्ने उद्देश्यले रकम बाडेको आरोपमा प्रहरी हिरासतमा रहेका जापानका पूर्व कानून तथा न्याय मंत्री खावाई खाचुयुकीलाइ ३ बर्ष जेल सजायको फैसला सुनाइएको छ ।
टोकियो जिल्ला अदालतले २०१९ को निर्वाचनताका मतदातालाई प्रभावित गर्ने नियतले १०० जना भन्दा बढीलाई २ करोड ९० लाख रुपया बाडेको ठहर गर्दै ३ वर्ष जेल सजायको फैसला सुनाएको हो ।
न्यायाधीश यासुकी ताकाहाशीको इजलासले मतदातालाइ वितरण गरिएको २ करोड ९० लाख मध्ये २ करोड ८७ लाख १० हजार जपथ गर्नुपर्ने ठहर गरेको छ । खावाई आबे सरकारका पालामा मन्त्री पदमा बहाल रहेकै बेला रकम वितरण गरेको समाचार सार्बजनिक भएपछि राजिनामा दिएका थिए ।
उनका वकीलहरुले भने अदालतको फैसलाप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । "त्यो बिशुद्द चुनाबी अभियान थियोु अदालतको फैसला पछि उनका वकिलले भनेका छन् । यो फसैलाले चुनाबी अभियान र राजनीतिक गतिविधिलाई गम्भीर प्रभाव पार्नेछ ।" खवाइका वकिलहरुले अदालतको फसलालाई अस्विकार गर्दै जमानत दिन माग गरेका छन् ।