२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

यसरी पनि सम्झन सकिन्छ मानिसको सहयोग र योगदानलाई

यसरी पनि सम्झन सकिन्छ मानिसको सहयोग र योगदानलाई
अ अ+ अ-

कुनै अप्ठेरो अवस्थामा सहयोग गर्ने मानिसको योगदान अथवा सहयोगको स्मरण कसरी गर्ने ? अथवा उनीहरुको असल कार्यको सम्झना कसरी गर्ने ? सम्मान पत्र प्रदान गरेर, स्मारिका या पुस्तक छापेर, राज्यले उचित या आवश्यक पारिश्रमिक दिएर, शालिक बनाएर । 

तर उनीहरुको कदरयोग्य केही सामान्य काम गरेर पनि उनीहरको योगदानको स्मरण गर्न सकिन्छ । जसले ती सहयोगी मनको कामको प्रशंसा मात्र नगरोस् बरु त्यस काममा लाग्न उनीहरुलाई अभिप्रेरित गरोस् र आत्मसम्मानको महसुस् गर्न सकोस् ।   

भनिन्छ, मानिसले मानिसलाई सम्झने यस्तै अप्ठेरो परेका बेलामा हो । अनि मानिसले अरुको योगदानको स्मरण गर्ने पनि यस्तै बेलामा नै हो । तर सम्झने विधि र तरिका भने अनेक र फरक हुन सक्छन् । सबैको स्मृति ग्रन्थ नै छाप्नुपर्छ या शालिक नै बनाउनुपर्ने भन्ने पनि छैन ।  

छुँदामात्र पनि सर्नसक्ने प्राणघातक कोरोना जीवाणुको महामारीका बेला पनि आफ्नो ज्यानलाई समेत जोखिममा पारेरै उनीहरुले नेपालीको ज्यान बचाउने काम गरे । हो, उनीहरुको यही पवित्र कार्यको स्मरण र कदर कवि तथा श्रष्टाहरुले केही समयअघि आफ्ना सृजनामार्फत् गरेका थिए । 

कोरोनाको उच्च महामारीका बेलामा अग्रमोर्चामा खटेर सेवा गर्ने व्यक्तिहरुप्रति श्रष्टाहरुले आफ्ना सृजनामार्फत् सम्मान प्रकट गरे ।  केही समयअघि नेपालका मुर्धन्य श्रष्टाहरुले आफ्ना सृजनाको माध्यमबाट मानिसको योगदानको स्मरण गरेका थिए । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी संञ्चारकर्मी, टेलिकमकर्मीहरुको पेशा सामान्य समयमा पनि नागरिकको ज्यान बचाउने पवित्र कार्य अर्थात् जिम्मेवारी प्राप्त हो । 

त्यसमा पनि कोरोना कालमा उनीहरुले गरेको सेवा अरु कोही व्यक्ति तथा केही वस्तुसँग अतुलनीय छ । मानवीय जीवनलाई लगभग सङ्कटमा पार्न आँटेको कोरोना जीवाणुलाई परास्त गर्न उनीहरुले अग्रमोर्चा (फ्रन्टलाइन) मै खटेर काम गरेको हामी सबैले देखेका छौँ । यीनै सेवकहरुको सेवाको सम्मान कविहरुले कविताबाट गरेका हुन् । 

नयाँ वर्ष विसं २०७८ को पूर्व सन्ध्याको अवसर पारेर चन्द्रागिरि हिल्समा अवस्थित खुला रङ्गमञ्चमा कविहरुले तीनै महान् सेवकहरुप्रति समर्पण गरेर कविता बाचन गरेका थिए । यस्तो विषयमा प्रस्तुत भएका कविता सुन्दा त्यहाँ उपस्थित सर्वसाधारण भन्दै थिए– हो, यस्ता विषयमा पो कार्यक्रम गर्नुपर्छ । 

आफैलाई पनि सर्छ भन्ने थाहा हुदाहुदै यी सेवकहरुले गरेको जनसेवाको जति प्रशंसा गरे पनि थोरै नै हुन्छ । थर्ड पोल ग्रुप नामक संस्थाद्वारा आयोजित सो कार्यक्रमको शीर्षक थियो ‘कोरोना सङ्क्रमणका समयमा अग्रमोर्चामा खटिएकाहरुप्रति श्रष्टाको सृजना समर्पण।’ त्यस अवसरमा बाह्र जना कविले राष्ट्रका यी सेवकहरुप्रति आफ्ना शब्दहरु समर्पण गरेका थिए ।

 
रत्नपार्कको आकाशे पुलको पर्खालमा पनि एउटा यस्तै समर्पण देखिएको छ । यहाँ एक ठूलो चित्रकला निर्माण गरिएको छ । चार जना कलाकार र तीन जना स्वयंसेवकको लगावमा छ दिनसम्म लगाएर बनाएको यो चित्रकलाले कोरोना भाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान व्यक्त गरेको छ ।

यो पनि एक प्रसंशनीय काम भएको छ । किनभने यतिखेर कोरोना महामारीको त्रासले यो शहरका अधिकांश मानिस घरभित्र बसेका छन् । तर यो चित्रकलाले भने बाहिर निस्केर काम गर्नेहरुको सम्मान भाव व्यक्त गरेको छ । चित्रकलामा मास्क लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, प्रहरी, पाइलट, पत्रकार, शव व्यवस्थापकहरु देख्न सकिन्छ ।
देश होइन कि विश्व नै अहिले महामारीमा छ । संख्यामा कतै थोरै त कतै धेरै होला, तर महामारीले अहिले सबैलाई डसेकै छ । 

हो, यो त्रासका विरुद्ध अग्रमोर्चामा खटेर काम गरिरहेका व्यक्तिको स्वरुप यो चित्रमा देख्न सकिन्छ । यो महामारीका समयमा मानिसलाई बचाउने बर्ग र समुदाय नै यही हो । जसलाई रत्नपार्कको भित्तामा राखिएको छ । 

यस चित्रकलाका परिकल्पनाकार डोजाङ शेर्पा फ्रन्टलाइनको सम्मानका लागि आफूहरुले चित्र बनाएको बताउँछन् । ‘कोरोना महाव्याधिको नियन्त्रणमा उहाँहरु नखटिनु भएको छ हामीलाई थाहै छ । तर कसरी गर्ने त सम्मान ? जोसँग जे छ त्यसैले गर्ने हो, हामीसँग कलाकारिता थियो चित्र बनाएर गर्यौँ ।  त्यसैले उहाँहरुलाई मोटिभेसन होस् र मानौँ कि यो चित्रले हामी अर्थात् सबै देशबासी तपाईंहरुको साथमा छौं है भन्ने सन्देश दिनका लागि यो चित्रकला बनाएका हौं’, शेर्पाले भने । 

चित्रकला निर्माणमा कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ तथा स्वयंसेवकहरु कुञ्जाङ शेर्पा, अभिषेक पौडेल र मात्रिका तिमिल्सिना खटिएका थिए । ‘हामीलाई ६ दिन लाग्यो, दुई दिन पानीले बिथोल्यो,’ परिकल्पनाकार डोजाङले भने ।

हो, शेर्पाले भनेजस्तै उनीहरुलाई सबैले आफ्नो ठाउँबाट अर्थात् जोसँग जेछ त्यसैले सम्मान दिने हो । घरबाट बाहिर ननिस्कन सरकारले भनिरहेको यो महामारीका बेलामा घरमा बस्न नपाउने त्यस्ता व्यक्ति छन् जसले आफ्नो काममा खटेर सेवा दिनुपरिरहेको छ । 

उनीहरु लाग्छ मानिसले मुटुमा राखेर पनि नबिझाउने व्यक्ति हुन् र जसका शीतल हातले धेरैको मनको राप र तापलाई निकालेर शीतलना प्रदान गरेका छन् ।  भनिन्छ, रत्नपार्क राजधानीको मुटु हो । त्यसैले सबैका मन मुटुमै बास रहेका यी व्यक्तिहरुलाई पनि राजधानीको मुटुमै चित्र बनाएर राखिएको होला ।  सबैको योगदानको स्मरण शालिक नै बनाएर गर्नुपर्छ भन्ने छैन, एउटा चित्रले पनि ठूलो भाव व्यक्त गर्न सक्छ ।