४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

बैंकहरुले उद्योगलाई दिने कर्जाको ब्याजदर आधारदरमा दुई प्रतिशत भन्दा बढी हुन नदिने प्रतिबद्धता: अर्थमन्त्री (भिडियोसहित)

बैंकहरुले उद्योगलाई दिने कर्जाको ब्याजदर आधारदरमा दुई प्रतिशत भन्दा बढी हुन नदिने प्रतिबद्धता: अर्थमन्त्री (भिडियोसहित)
file
अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले उद्योगलाई दिने कर्जाको ब्याजदर आधारदरमा दुई प्रतिशत भन्दा बढी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ । 

शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनु भएको हो । उहाँले त्यसका लागि नेपाल राष्ट्र बैंक तथा अन्य बैंकहरुसँग छलफल भईरहेको पनि स्पष्ट पार्नु भयो । पछिल्लो समय बैंकको ब्याजदर वृद्धि हुँदा उद्योगी व्यवसायीहरुलाई समस्या परेको र ती समस्या समाधानको लागि सरकारले काम गरिरहेको अर्थमन्त्री शर्माले बताउनु भयो ।

मन्त्री शर्माले नेपालको बैंकिङ क्षेत्र र व्यवसाय क्षेत्र सबै गोलमाल भएको बताउनु भयो । उहाँले उद्योग व्यवसायहरुलाई विकास गर्नको लागि उद्योगीहरुले सुझाव दिनुपर्ने बताउनु भयो । मन्त्री शर्माले भन्नुभयो, ‘पछिल्लो समयमा बैंकको ब्याजदर जसरी वृद्धि भएको छ, त्यसले उद्योग वाणिज्य क्षेत्रमा एउटा उद्योग व्यवसायीहरुलाई समस्या पैदा भएको छ । त्यसलाई कसरी समाधान गर्ने भनेर मैले वृहत छलफल शुरु गरेको छु । राष्ट्र बैंकसँग परामर्श गरिरहेको छु र यसलाई निकास दिनुपर्छ भन्ने मान्यतामा अर्थमन्त्रालय लागिरहेको छ । यो बैंकहरुले स्वतः आफैँ बढाउन पाउने खालको नीति बनिएको रहेछ ।

त्यो नीतिअनुसार अहिले ब्याजदर रेट निर्धारण गर्ने अधिकार स्वयं बैंकहरुको आफ्नो एशोसिएशनले गर्ने भएको हुनाले उहाँहरुसँग पनि छलफल गरेर यसलाई एउटा बीचको बाटो खोज्नुपर्ने आवश्यक्ता छ । मैले उत्पादन क्षेत्रको लोन त्यसलाई बेस रेट भन्दा दुई प्रतिशत बढी बनाउन हुँदैन भनेर राष्ट्र बैंकलाई सल्लाह दिएको छु । त्यो निर्णय गर्न र अन्य ब्याजलाई पनि एउटा निश्चित रेन्ज भन्दामाथि नजाने गरेर निर्धारण गर्नुपर्छ नत्र भने व्यवसायीहरुले एउटा स्तरमा लिएको ऋण ब्याज बढेर असफल हुने अवस्था सिर्जना हुन्छ । त्यसकारणले व्यवसायलाई बढाउनु पर्छ भन्ने कुरामा छलफल भइरहेको छ र हामी यसमा छिटै निकास निकाल्ने छौँ । नेपालको बैंकिङ क्षेत्र र व्यवसाय क्षेत्र सबै घालेमाले भएको छ । यसले पनि एउटा समस्या पैदा भएको छ । यसको बारेमा पनि म तपाईहरुको धारणा लिन चाहन्छु । यसलाई कसरी व्यवस्थापन गर्ने हो । यो एउटा जटिल विषय छ । यसले पनि समस्या पैदा गरिरहेको छ ।’

त्यस्तै, अर्थमन्त्री शर्माले हरेक वर्ष निर्यातलाई बढाउँदै लैजाने गरी सरकारले नीति बनाउने बताउनु भयो । उहाँले आयात प्रतिस्थापनको लागि उत्पादन र निर्यातमा केही वृद्धि भएपनि त्यो अपुग रहेको बताउनु भयो । अर्थमन्त्री शर्माले अब नयाँ बजेट र नीति निर्माण गर्ने बेला भएको भन्दै उद्योग विकास र वृद्धिका लागि यसमा उद्योगीहरुले राय सल्लाह दिन आग्रह गर्नुभयो । उहाँले हाल ऋण पाउने कुरामा समस्या भएको र कोभिड १९ का कारण भएको ऋणको व्यवस्था भएपछि तरलताको समस्या पनि समाधान हुने बताउनु भयो । अर्थमन्त्री शर्माले  वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई सहजरुपमा नेपालमा डलर खाता खोल्न पाउने व्यवस्था गरेर पनि यसलाई समाधान गरिने बताउनु भयो । उहाँले विदेशबाट बैंकहरुले ऋण लिनको लागि पनि आवश्यक निर्णयहरु गरिएको बताउनु भयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘हाम्रो निर्यात वृद्धि गर्ने कुरा आफ्नो ठाउँमा छ तर आयात प्रतिस्थापन गर्ने उद्देश्यमा उत्पादन, आयात प्रतिस्थापनको लागि उत्पादन र निर्यातमा केही वृद्धि त भएको छ । तर त्यो निर्यातलाई वास्तविक निर्यात हरेक वर्ष निश्चित प्रतिशतमा वृद्धि गर्दै जाने लक्ष्य लिनुपर्छ भन्ने बारेमा हामी अब नयाँ नीति, योजना बनाउने क्रममा पनि छलफल शुरु गरेका छौँ । अब नयाँ बजेट र नीति निर्माण गर्ने बेला भएको हुनाले उद्योग वाणिज्य संघलगायतलाई आवश्यक सल्लाह सुझाव दिनुहुन अनुरोध गर्दछु । उद्योग व्यवसायलाई कसरी थप राम्रो गर्न सकिन्छ भन्ने बारेमा नै केन्द्रित भएर नीतिहरु निर्माण गरिनेछ ।

अहिले केही ऋण पाउने कुरामा समस्या र कोभिडका कारणले गरेका ऋणको व्यवस्थाहरुको पनि एउटा समयावधि सकिएपछि त्यसले एउटा हाम्रो तरलताको समस्यालाई समाधान गर्नतिर खर्च पनि वृद्धि गर्नेतिर काम भइरहेको छ । मन्त्रालयहरुले आफ्नो अर्च बढाइरहेका छन् । ऋण लगानी गरेको र फिर्ता पनि नआइरहेको अवस्था हुँदा अब आउने क्रममा पनि आइपुगेको छ । सँगै वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई एउटा डलर खाता, सहज रुपमा नेपालमा खोल्न पाउने व्यवस्था गरेर पनि त्यसलाई कम गर्ने, विदेशबाट बैंकहरुले ऋण लिनको लागि पनि आवश्यक निर्णयहरु हामीले गरेका छौँ ।  त्यसबाट पनि यसलाई कम गर्नको लागि र लगानी वृद्धि गर्ने, लगानी एभ्रिआई ल्याउनेतर्फ पनि हामीले विशेष ढंगले काम गरिरहेका छौँ । केही वृद्धि पनि भइरहेको छ । यी कार्यहरुबाट नै यसलाई हामीले तरलताको अभावलाई समाधान गर्न सक्छौँ ।’

मन्त्री शर्माले गोलमाल भएको बैंकिङ क्षेत्रलाई सुधार्न र व्यवस्थापन गर्ने कार्यमा मन्त्रालयले काम गरिरहेको पनि बताउनु भयो ।