१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने

आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरुलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा बिस्तार गर्न जरुरी रहेको बताएको छ ।

मंगलवार काठमाडौंमा जारी वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सतिव डा. रोशन पोखरेलले अनुसन्धान केन्द्रहरुलाई सातै प्रदेशमा बिस्तार गरी अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी रहेको बताउनुभएको हो ।

उहाँले शाखा बिस्तारका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसकेको पनि बताउनु भयो । उहाँले अनुसन्धानका शाखाहरु प्रादेशिक रुपमा अघि बढाउने विषयमा मन्त्रालयमा गहन छलफल भइरहेको बताउनु भयो । उहाँले देशमा नसर्ने रोगहरुको पनि अनुसन्धान हुन जरुरी रहेको बताउनु भयो । उहाँले अनुसन्धानका गतिविधिहरुलाई तिब्रता दिन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अनुसन्धानको दायरा बढाउन हामीले यसको शाखा हरेक प्रदेशमा बिस्तार गर्नुपर्छ । त्यसको लागि मन्त्रालय लागि परेको छ । हामीले प्रादेशिक रुपमा अघि लैजानुपर्ने भन्ने मुख्य आवश्यक्ता हो । त्यसका लागि हामील गहन छलफल छौँ । कोरोना कालमा गरेका अनुसन्धानले पनि हामीलाई धेरै मद्दत पुगेको छ, अब हामीलाई नसर्ने रोगका लागि धेरै अनुसन्धान चाहिएको छ । हाम्रा नीतिहरु त्यसैअनुरुप अघि बढ्नु आवश्यक छ ।’

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले संवैधानिक व्यवस्थालाई दृष्टिगत गरी खोज र अनुसन्धानबाट प्राप्त तथ्य, तथ्यांकका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्नेगरी सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने बताउनु भयो ।

उहाँले युवाहरुको नविन विचार र अनुसन्धानले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले तय गरेका विकास सम्बन्धिमा वैज्ञानिक अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने, वैज्ञानिक, प्रविधिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने उल्लेख छ । संवैधानिक व्यवस्थालाई दृष्टिगत गरी खोज र अनुसन्धानबाट प्राप्त तथ्य, तथ्यांकका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्नेगरी सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्नेछ ।

वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिनेछ । युवा राष्ट्रको भविष्य हुन् । उनीहरुको नविन विचार र अनुसन्धानले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गर्न सहयोग पुग्छ । त्यसैले युवा वैज्ञानिकलाई विशेष प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइनेछ । यसले अनुसन्धाताको मनोबल उच्च राख्नेछ ।’

उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा युवा वैज्ञानिकलाई विशेष प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने पनि बताउनु भयो ।